रुघाखोकी लागिरहन्छ यसरी घरमै गर्न सकिन्छ उपचार

बाह्य चिसोलाई शरीरले थेग्न नसकेपछि हामीलाई रुघा लाग्छ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई रुघाखोकीले सताउँछ ।  यो समस्याले कसैलाई धेरै च्याप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ ।

के गर्ने रुघाखोकीको उपचार ?

  • रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।
  • ज्वानोको रस  सेवन गर्न सकिन्छ । यसलाई अन्य पेय जस्तै पिउँदा पनि हुन्छ । खासमा ज्वानोको रस स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ ।
  • सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।
  • अदुवाको रस र मह आधा–आधा मिलाएर वयस्कले ठूलो एक चम्चा महमा १२ घन्टा मिसाएर राखी बिहान–बेलुकी खाने गर्दा पनि रुघाखोकीमा राम्रो हुन्छ ।
  • एक गिलास तातो पानीमा एक चम्चा मह र कागतीको रस मिलाएर पिउनाले पनि लाभ हुन्छ ।
  • पाँच–सातवटा तुलसीको पात वा तुलसीको रस, एक चियाचम्चा पिसेको अदुवा पकाएर सुत्ने, वेलामा पिएर सुत्दा रातभरि निकै आराम हुन्छ । खोकीमा बेसारले निकै आराम दिन्छ ।

के नगर्ने रुघाखोकीमा ?

  • दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थ सेवन नगर्ने ।
  • चिसो, धुवाँ र धुलोबाट बच्ने ।