Get-a-sound-sleep

राम्रो निद्राका लागि गर्नुहोस् अधोमुख सुखासन

रातभर निद्रा नलागेर तनावमा हुनुहुन्छ ? कि गहिरो निद्रा नपर्ने समस्या छ ? यदि यस्तो हो भने तुरुन्त समाधानको खोजी गर्नुपर्छ । हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पर्याप्त निद्रा पुग्नुपर्छ । मनमा कुनै अनिष्ट कुराको आशङ्का, डर, चिन्ता, बेचैनीलगायत अवस्थाका साथै अल्कोहल, अत्यधिक धूमपान तथा चियाकफीको सेवनले पनि मानिसलाई निद्रा पर्दैन । साथै, सुत्ने समयमा विद्युतीय उपकरणहरू (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेटलगायत ग्याजेट्स) बढी चलाउनेहरूलाई पनि निद्रा नपर्ने विशेषज्ञहरू बताउँछन् । निद्रा लगाउन मानिस विभिन्न औषधिको समेत प्रयोग गर्छन् । तर, यसको पाश्र्वप्रभाव हुने भएकाले राम्रो उपायचाहिँ होइन । स्वाभाविक रूपमै निद्रा लाग्नु स्वास्थ्यका लागि राम्रो हो । यसका लागि केही योगासन गर्न सकिन्छ । योगशास्त्रमा चर्चा गरिएका विविध योगासनमध्ये अधोमुख सुखासन गर्नाले मनमा शान्ति मिल्नुका साथै शरीरमा हल्कापन आउँछ । राम्रो निद्राका लागि समेत यो योगासनले मद्दत पु¥याउँछ ।

Nepali typing

विधि – सबैभन्दा पहिले आफ्नो कम्मर तथा ढाडलाई झुक्न नदिएर सीधा राख्नुहोस् ।

– आफ्नो दुवै हातको हत्केला खुल्ला राख्नुहोस् ।

– हल्कासँग सासभित्र तान्दै आफ्नो कुमलाई माथितिर उठाउनुहोस् ।

– अब सास छोड्दै कुमलाई तलतिर लैजानुहोस् र टाउकोले भुइँलाई छुने प्रयास गर्नुहोस् । शुरूशुरूमा यस्तो अभ्यास गर्न कठिन हुन्छ । त्यसैले, धेरै प्रयास नगर्नुहोस् ।

– भुइँमा टाउको राखेपछि गहिरो श्वास लिनुहोस् ।

– अब श्वास विस्तारै छोड्दै टाउको माथि उठाउनुहोस् ।

– पुनः सुखासनको मुद्रामा आउनुहोस् ।

सुझाव : यदि तपाईंलाई यो आसन गर्न समस्या भइरहेको छ भने भुइँमा म्याटको सट्टा पातलो गद्दा वा कम्बल बिछ्याउन पनि सक्नुहुन्छ ।

सावधानी : घुडामा चोट छ भने यो आसन नगर्नुहोस् । गर्भावस्था वा महीनावारी भएको समयमा पनि यो आसन नगर्नुहोस् ।healthsplus

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks