यो हो विश्‍वको एक मात्र तैरिने ताल

संसारमा धेरै प्रकारका तालहरु रहेका छन्। कुनैको आकृति फरक छ भने कसैको पानीको बहाव फरक छ भने कुनै ताल हिमालको काखमा अवस्थित छ। तर एउटा यस्तो ताल जहाँको भू-भाग पानीमा तैरिरहेको हुन्छ।
यो ताल भारत मणिपुरको राजधानीबाट उत्तर पूर्वस्थित ३९ किलोमिटर पर्दछ। यो संसारकै एउटा यस्तो मात्र ताल हो जहाँ सानो सानो टुक्रा जमिनहरु तैरिरहेका हुन्छन्।यो दीपलाई फुमदीको नामबाट चिनिने गरिन्छ। यही जमिनमा करीब १ लाख मानिसहरु भन्दा धेरै बसोबास गरेका छन्।
यस्तो प्रकारको माटो, रुख विरुवा तथा जैविक पदार्थ मिलेर बनेको हुन्छ भने जमिन जस्तै बलियो हुन्छ। यो तालको ठूलो भाग यस्तै जमिनले ढाकेको छ। यसलाई हेरेर धेरै मानिसहरु मोहित हुने गरेका छन्। यहाँ धेरै पर्यटकहरु हेर्नको लागि आउने गरेका छन्।
मानिसहरुले यो यही तालको पानीखानको लागि प्रयोगमा ल्‍याउने गरकेा छन् भने सिंचाइ परियोजनाका साथै जलविद्युत निकाल्‍नको लागि पनि उपयोग गर्ने गरेका छन्।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks