यो हो रंग बदल्‍ने कार, हातको इसाराले बल्छ बत्ती

कार चढ्ने सिलसिलामा नयाँ नयाँ रंगको मानिसहरु रोज्‍ने गरेका छन्। उनीहरु रंगीबिरंगी कारहरु चढन निककै मन पराउँछन्। आफ्नो सोख अनुसारको कार चढ्न पाउने गरी जापानको एउटा अटो मोबाइल कम्पनीले लेक्ससले बनाउन लागेका हुन्।
लेक्ससले बनाउन लागेको कारमा ४१ हजार ९ सय ९९ एलइडी बल्ब जडान गरिएको हुनेछ। यो एलइडी बल्ब कारको एउटा स्क्रिनमा लगाइएको छ।

यो बत्ती सेट भइसेकपछि कारमा रंग, ग्राफिक्स तथा एनिमेशनलाई ग्राहकले आफूलाई मन परेको रंगमा कुदाउन सक्‍ने बताइएको छ। कारमा सबैभन्दा विशेष कुरा के छ भने कति बेला कुन डिजाइन परिवर्तन गर्ने भन्‍ने कुरा ड्राइभरमा भर पर्छ। यसको लागि हेड गेस्चरमा फिचर समेत दिइएको हुन्छ। यही हेडलाई हातको इसाराले परिवर्तन गर्न सकिन्छ।
यसका साथै यो कारमा बजिरहेको गीतको धुन अनुसारको इलइडी एनिमेशन लाइट समेत मिलाउन सकिनेछ। यो अनौठो कारको प्रयोग पहिलो पटक बेलायती सिंगर दुआ केबी द वन गीतमा देखाइएको छ। यो गीतमा कारलाई एउटा पात्रको रुपमा देख्‍न सकिन्छ।