युट्युवबाट यसरी कमाउन सकिन्छ पैसा !
पछिल्लो समय युट्युबमा विभिन्न प्रकृतिको भिडियोहरु अपलोड गरेर मनग्ये पैसा कमाउनेहरु हामी वरपर नै छन् । सामान्य मोबाइलले खिचेका भिडियोहरु, जसलाइ सम्पादन पनि आवश्यक हुदैन त्यस्तो खालको भिडियोहरुपनि सजिलै युट्युबमा अपलोड गर्न सकिन्छ ।
भिडियोहरु युट्युव एकाउन्ट हुनेले सजिलै अपलोड गरेर भिडियोको ‘भ्य’ु भएको आधारमा युट्युबले पैसा दिने गर्दछ । तर एकाउन्टलाई मोनिटाइज भने गर्नुपछ ।
के हो मोनिटाइजेसन ?
मोनिटाइजेसन भनेको वेवसाइट मार्फत पैसा कमाउने तरिका हो । मोनिटाइज एकाउन्टमा बिज्ञापन आउने गर्दछ । वेवसाइट प्रति क्लिक गरेको आधारमा र वेवसाइटको प्रभावकारीताको आधारमा पैसा पाइन्छ ।
मोनिटाइज गरिएको युट्युब एकाउन्टमा प्राय ब्यानर बिज्ञापन आउने गर्दछ । र कहिलेकाँही केही सेकेन्डको भिजुअल बिज्ञापन पनि आउने गर्दछ ।
कति पैसा कमाइन्छ युट्युबबाट ?
आफ्नो भिडियो कन्टेन्ट जति धेरैले हेर्छन् त्यति धेरै रोयल्टी युट्युबले दिने गर्दछ । मोनिटाइज गरिएको युट्युब एकाउन्टमा प्राय ब्यानर एड (बिज्ञापन) आउने गर्दछ । यस्तो खालको एकान्टको भिडियो १ हजार पटक हेरिएको छ भने ०.८० डलर, यदि १० लाख पटक भिडियो हेरिएको छ भने ५ हजार देखि ८ हजार डलर सम्म युट्युबले दिन्छ । भिडियो पुरै हेरिएको छ या छैन, लामो भिडियोहरुलाई दिने रोयल्टिको क्षेत्रअधिकार सबै युट्युबले निर्धारण गर्दछ ।
युट्युबबाट पैसा कमाउने ८ चरणहरु (फोटो सहित)
१. युट्युब खाता खोल्नुहोस्
युट्युब एकाउन्ट भनेको गुगल एकाउन्ट हो । त्यसको लागी तपाँइलाई जिमेलको इमेल आइडि आवश्यक हुन्छ ।
२. भिडियो अपलोड गर्नुहोस्
फोटोमा देखाइए झै अपलोडमा गएर सिधै भिडियो अपलोड गर्न सकिन्छ । सकेसम्म भिडियो राम्रो क्वालिटिको, फुल एचडि भिडियोहरु अपलोड गर्नुहोस् । समाजको मर्यादाको ख्याल गर्ने, अरुको मान हानी नहुने, आफ्नै अधिकार रहेको, द्घन्द्घ ननिम्त्याउने खालको भिडियोहरु अपलोड गर्नुपर्छ ।
समयको माग अनुसारको भिडियोहरु धेरैले रुचाउने हुँदा त्यस्ता खालको भिडियोलाई प्राथमिकता दिदा राम्रो हुन्छ ।
३. दर्शक संङ्ख्या बढाउनुहोस्
भिडियो हेर्ने दर्शक जति धेरै हुन्छ त्यति धेरैले युट्युबमा दिने बिज्ञापन हेर्छन् । जति धेरैले बिज्ञापन हेर्छन् त्यति धेरै पैसा तपाँइले कमाउनु हुन्छ । त्यसैले आफ्नो युट्युब च्यानलको सब्सक्राइबर बढाउनुहोस् । यदि तपाँइको भिडियो बिषयबस्तु निकै राम्रो हुन्छ भने तपाँइको सब्सक्राइबरहरु बढ््दै जान्छन् ।
भिडियोहरु बारम्बार अपलोड गर्दै जानुहोस् जसले दर्शहरुलाई तपाइको च्यानलसँग बाँधेर राख्छ । भिडियोहरुलाइ फेसबुक, टुइटर लगायत अन्य सामाजिक सञ्जालहरुमा सकेसम्म सेयर गर्नुहोस् त्यसले तपाँइको भिडियोको भ्यु बढाउन मदत गर्छ ।
तपाँइको भ्युअरहरुले गरेको कमेन्टलाई रिप्लाइ गर्नुहोस् । समाजसँग जतिधेरै नजिक भइन्छ त्यति नै धेरै मान्छेहरुको चासो तपाँइप्रति हुने गर्दछ ।
४. भिडियोलाइ मोनिटाइज गर्नुहोस्
पैसा कमाउनको लागी अपलोड गरिएको भिडियोलाई मोनिटाइज गर्नु आवश्यक हुन्छ । मोनिटाइजलाई सक्रिय बनाउनुको मतलब तपाँइको भिडियोमा बिज्ञापन आउनु हो ।
मोनिटाइजेसन ट्यावमा गएर ‘मोनिटाइज विथ एड’ मा क्लिक गरि भिडियोलाई मोनिटाइज गर्न सकिन्छ । वा भिडियो अपलोड भइसकेपछी भिडियो म्यानेजरमा गएर $ (डलरको साइन) क्लिक गरि मोनिटाइज गर्न सकिन्छ । त्यसपछि ‘मोनिटाइज विथ एड’ बक्स चेक गर्नुपर्छ ।
५. गुगल एडसेन्सको सेट गर्नुहोस्
कुनैपनि एडसेन्स एकाउन्टमा गइ सित्तैमा गुगल एडसेन्स एकाउन्ट खोल्न सकिन्छ । तर तपाई १८ बर्ष या सो भन्दा माथी उमेरको हुनुपर्छ । यदि तपाँइको उमेर कम छ भने बढी उमेर भएकाहरुसँग सहयोग माग्न सक्नुहुन्छ ।
एडसेन्सको लागी तपाईलाई पेपाल एकाउन्ट अथवा बैंक एकाउन्ट, चलिरहेको इमेल एकाउन्ट र अन्य जानकारीहरुको आबश्यकता पर्छ । यि जानकारीहरुको आधारमा तपाईलाई भेरिफाइ गरि सम्बन्धित ठेगनामा पैसा पठाइदिन्छ । तपाईले पैसा प्रति क्लिकको आधारमा पाउनुहुन्छ ।
६. भिडियोको विश्लेषण हेर्नुहोस्
तपाईले भिडियो अपलोड गरिसकेपछी युट्युबले भिडियोको बारेमा बिश्लेषण प्रस्तुत गर्छ । भिडियो कहाँबाट बढी हेरिएको छ, बिज्ञापनको स्थिती कस्तो छ आदी कुराहरुको जानकारी तपाईले देख्न सक्नुहुन्छ ।
दर्शकहरुको माग अनुसार तपाईले भिडियोको बिषयबस्तु परिर्वतन गर्न सक्नुहुन्छ ।
७. भिडियोको मार्केटिङ गर्नुहो्स्
तपाईले भिडियो अपलोड गरिसकेपछी मेरो काम सकियो भन्ने नसोच्नुहोस् । भिडियोलाई, ब्लग, फेसबुक, टुइटर र अन्य सामाजिक सञ्जालमा सेयर गर्नुहोस् । आफ्नो साथीभाईहरुलाई पनि सेयर गरिदिन आग्रह गर्नुहोस् । यसले तपाँइको भिडियोमा भ्यु बढाउन सघाउ पु¥याउछ ।
८. युट्युबसँग सहकार्य गर्नुहोस्
युट्युबले सहकार्य गर्नेहरुलाई बढी प्राथमिकता दिन्छ । बिषयबस्तुहरुलाई आर्कषक बनाउने टुल्सहरु, सामाजिक सहयोग र त्यसका टिप्सहरुपनि दिने गर्दछ । साथै दर्शकसंङ्ख्याको आधारमा बिभिन्न उपहारहरु समेत प्रधान गर्दछ । संजय शर्माले आफ्नै ब्लगमा लेखेका छन् ।
तपाईले युट्युबसँग जुनसुकै समयमा सहकार्य गर्न सक्नुहुन्छ त्यसको लागी युट्युब पार्टनर पेजमा जानुपर्दछ । तपाईको च्यानलमा ९० दिनमा १५ हजार घण्टाभन्दा बढी ‘वाच आवर’ छ भने ठुलाठुला सहकार्यको लागी युट्युबले आग्रह गर्ने गर्दछ । यो तपाईको लागी बढी फाइदाजनक हुन्छ ।
news24nepal.tv
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks