सबैका आमाबाबु उनीहरुका छोराछोरी गोरा र राम्रा हुन भन्ने चाहन्छन् । यहाँसम्म कि गर्भावस्थामा महिलाहरुलाई थरिथरिका मीठा खाना र पौष्टिक तत्व खानका लागि भनिन्छ, ताकि उनीहहरुको हुनेवाला सन्तान सुन्दर होस् । सुन्दर मान्छेलाई नै सबैले माया र सम्मान दिन्छन् भन्ने मान्यता विश्वभर रहिआएकोमा एउटा समुदाय यस्तो पनि रहेको छ, जहाँ गोरो बच्चा हुनुलाई अभिशाप समान मानिन्छ ।
इस्तो मानयता अन्त कतै नभई छिमेकी मुलुक भारतको केन्द्र शासित प्रदेश अंडमानमा रहेका जारवा जनजातिहरुमा गोरो बच्चा जन्मिनुलाई नराम्रो र अभिशाप मानिन्छ । यदि उक्त समुदायको कुनै पनि घरमा गोरो बच्चा जन्मियो भने उसलाई तत्कालै मार्ने गरिन्छ ।
ती जनजातिहरुले यो परम्परालाई बर्षाैदेखि मान्दै आइरहेका छन् । यो जनजातिहरुको विशेष तर अचम्मको कुरा भनेको नवजात शिशुलाई सबै महिलाहरुले दुध पिलाउने गर्दछन् । यसको पछाडि जारवा जनजातिहरुको विश्वास रहेको छ कि यसो गर्नाले आफ्नो समुदायको शुद्धता र पवित्रता कायम रहने गर्दछ ।
यहाँका मानिसहरुको रंग एकदमै कालो हुने गर्दछ । बच्चाको आमा विधवा भएमा वा उसको पति अर्काे समुदायको छ भने उक्त बच्चालाई जन्मिएको बच्चालाई तत्कालै मार्ने गरिन्छ ।
उनीहरु पहिलो पटक ९० को दशकमा जनजातिको सम्पर्कमा आएको भन्ने मान्यता रहेको छ । उनीहरुको समुदायमा बाहिरी समुदायका मानिसहरु प्रवेश निषेध गरिएको छ भने उनीहरु पनि बाहिरी समुदायको सम्पर्कमा रहने वा घुलमिल हुने गर्दैनन ।nepaljournal
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks