मानिस हरु पछिल्लो समय रक्सि जन्य पदार्थको सेवन अत्यधिक गर्ने गर्दछन। सामान्य मानिस देखि लिएर भिआइपि सम्म रक्सीको कुलतमा फसेको देख्न सुन्न पाईन्छ। तर भारतमा रहेको एउटा गाउँमा रक्सी पिउनु त टाढैको कुरा रक्सीको नाम लिनु पनि पाप मान्ने गरिन्छ।
भारतको प्रतापगढ नजिकमा रहेको टाँडा गाउँमा रक्सीको नाम लिनु नै पाप मानिन्छ । उक्त गाउँको जनसंख्या लगभग २ हजार छ ।
उक्त गाउँमा वर्षौदेखि रक्सीको नाम पनि उच्चारण गरिँदैन । लबाना समुदायका मानिसहरु बस्ने त्यो गाउँमा रक्सी पिएको र बेचेको भेटिएमा कारवाही हुन्छ । पिउनु र बेच्नु त परेको कुरा त्यो गाउँमा रक्सीको शव्द उच्चारण गर्नुलाई पनि पाप ठानिन्छ ।
पञ्चायतले २० वर्ष अगाडि नै गाउँमा रक्सी पिउन तथा रक्सीका बारेमा कुराकानी गर्न पनि बन्देज लगाएको थियो।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks