yoga-at-home

योग गर्दा ध्यान दिनुपर्ने विषय

योग हामीहरूको स्वास्थ्यका लागि अति आवश्यक छ । योग एउटा पूर्ण विज्ञान हो । पूर्ण जीवनशैली हो । पूर्ण चिकित्सा पद्धति हो । तनाव, अशान्ति, आतंकवाद, अभाव एवं अज्ञानको सिकारमा फसिरहेको आधुनिक मानव समाजले योगलाई पछ्याउन थालेको छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउँछ । हाम्रो मनमा अनेक प्रकारका राम्रा–नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् । योग गरेर स्वस्थ रहन जो–कोही चाहन्छ । सबैलाई योग गर्ने विधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ ।

योग गर्दा खाली पेट बिहान सबैभन्दा राम्रो मानिन्छ । पेट टन्न भएको समयमा यो गर्नु राम्रो मानिँदैन । योग अभ्यास गरेको आधा घण्टापछि मात्र खाना खानु उपयुक्त हुन्छ ।

योग गर्दा लुगा खुकुलो एवं सजिलो हुनुपर्दछ । योग गर्ने आसन पनि सजिलो छान्नुपर्छ । शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ ।

हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढी ९० मिनेटसम्म अभ्यास गर्दा शरीरलाई फाइदा हुन्छ ।

योगबाट फाइदा लिन कम्तीमा तीनदेखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ । प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पु¥याउन सकिन्छ ।

कुनै पनि आसन गर्दा शरीरलाई जबरजस्ती गर्नुहुँदैन । दीर्घरोग भएकाले योगविज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।

योग गर्दा बिहानै दिसा–पिसाब गरेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ । योग सकेपछि नुहाउँदा राम्रो हुन्छ ।