तपाईं वास्तुशास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ ? यदि विश्वास गर्नुहुन्छ भने केही चिजहरुका कारण घरमा समस्या सिर्जना भएको हुन्छ । ती चिजहरुमा वास्तुदोष हुने हुँदा जसलाई हटाउनु नै उपयुक्त मानिन्छ । जसले ठूलो समस्या टर्ने विश्वास गरिन्छ ।
कतिपय अवस्थामा बन्न लागेको काम नबन्ने, आर्थिक संकट बेहोरिरहनुपर्ने र चाहे अनुसारको कामबाट लाभ नहुने जस्ता अप्ठेरा भोगिरहनु भएको छ भने पक्कै वास्तुदोष भएको हुनुपर्छ ।
वास्तुदोष हुदाँ परीवारमा कलह हुने, सम्बन्धमा खटपट हुने लगायतका समस्या पनि देखा पर्ने हुन्छ । यस्तोमा घरभित्र हुने साना–साना कुराहरुलाई हटाइयो भने मात्र पनि यी सम्पूर्ण समस्याहरु हटेर जानेछन् । वास्तुशास्त्र अनुसार वास्तुदोष निवारणका लागि यी सामानहरु घरबाट हटाउनु नै उपयुक्त मानिन्छ ।
१. टुटेफुटेका भाडाकुँडा
भान्सामा पुराना तथा टुटेफुटेका भाँडाकुँडा हुने गर्दछ । तर यस्तो भाडाँकुडाँ राख्दा देवी लक्ष्मी रिसाउने, त्यस घरमा आर्थिक संकट शुरु हुने अवस्था आउन सक्छ । तसर्थ घरमा टुटेफुटेका भाडाँकुडाँ राख्नु हुँदैन ।
२. बिग्रेको वा चर्केको घडी
केही मानिसहरु बिग्रेको वा सिसा चर्केको घडि पनि लगाउने वा भित्तामा झुण्डाउने गर्दछन् । तर यस्तो घडी आफूसँग राख्नु वास्तु अनुसार अशुभ मानिन्छ । यसले परिवारमा उन्नती र राम्रो दिनलाई रोक्ने गर्दछ । तसर्थ जतिसक्दो चाँडो बिग्रेको वा चर्केको घडि बनाउनु वा फ्याक्नु उत्तम मानिन्छ ।
३. टुक्रेको ऐना
धेरै मानिसहरुलाई फुटेको वा चर्केको ऐना राख्नु हुँदैन भन्ने थाहा छ । तर किन यस्तो घडी राख्नु हुँदैन भन्ने चाहि थाहा नहुन सक्छ । चर्केको वा फुटेको ऐना राख्नु वास्तुमा सबैभन्दा नराम्रो मानिन्छ । यसले घरमा नकारात्मक उर्जा उत्पन्न गराउनुको साथै परिवारका सदस्यहरु बिच झगडा वा मानसिक तनाव बढाउने गर्दछ । तसर्थ फुटेको वा चर्केको ऐना घरमा राख्नु उपयुक्त मानिदैन ।
४. भाँचिएको खाट/पलङ
विशेषतः नवविवाहित जोडी वा दाम्पत्य जीवनमा बाधिएका जो कोहिले पनि भाँचिएको पलङ वा खाटमा सुत्नु हुँदैन । वास्तु अनुसार भाचिएको खाटमा सुत्नु नकारात्मक मानिन्छ । यसले वैवाहिक जोडीको जीवनमा खटपट तथा तनाव सिर्जना गर्दछ । तसर्थ भाँचिएको खाट वा पलङ मर्मत गर्नु वा फेर्नु उत्तम हुन्छ ।
५. च्यातिएको तस्वीर
पुराना स्मृति भन्दै अधिकांशले केही च्यातिएका तस्वीरलाई पनि अन्य तस्वीरको बिचमा राख्ने गर्दछन् । तर घरमा राखिएका च्यातिएका तस्वीरले घरभित्र नकारात्मक प्रभाव बढाउने तथा परिवारजनमा रोगको सम्भावना बढाउने शास्त्रले बताउँछ । तसर्थ च्यातिएका तस्वीरलाई फोटो स्टुडियोमा गई अर्काे प्रति निकालेर संग्रह गर्नु उत्तम हुनेछ ।
६. चर्किएको ढोका
कुनै पनि घर वा कोठा प्रवेश गर्ने मार्ग भनेको ढोका हो । तसर्थ ढोका जहिले पनि कुनै दोष युक्त हुनुहुँदैन । अन्यथा घरभित्र छिर्ने ढोका चर्किएको, टुक्रिएको वा फुटेको भएमा यसले अशुभ प्रभाव पार्दछ । यसले घरमा नकारात्मक उर्जा उत्पन्न गराउने शास्त्रले बताउँछ । तसर्थ यस्ता ढोका तुरुन्त मर्मत वा परिवर्तन गर्नुपर्दछ ।
७. फुटेको फर्निचर
दैनिक उपयोग गरिने भएकाले पनि घरमा रहेका कतिपय फर्निचरका सामाग्री फुटेको हुनसक्छन् । तर वास्तु अनुसार घरमा फुटेको फर्निचर हुनु अशुभ मानिन्छ । यसले घरमा अशान्ति फैलाउने विश्वास गरीन्छ । तसर्थ यस्ता टुटेफुटेका फर्निचर सकेसम्म तुरुन्त मर्मत गरिहाल्नुपर्छ ।
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks