Surprise

यी हुन् साँचो प्रेमका १५ निसानी !

तपाईंलाई कुनै न कुनै समय साँचो प्रेमको अनुभव भएको हुनसक्छ, यदि भएको छैन भने भविश्यमा होला । मानिसले जीवनमा एक न एक पटक सच्चा प्रेमको अनुभव गर्छ । जब हाम्रो मनमा यस्तो फिलिङ्स आउँछ तब लाग्न थाल्छ, ‘केवल यही एक कुरा साँचो हो, अरु सबै झुट ।’

Nepali typing

कसैसँग प्यार बसेपछि मानिस आफ्ना सारा सपनाहरुलाई मनमनमै उसैसँग शेयर गर्न थाल्छ । के यही माया साँचो माया हो ? कतै आकर्षणमात्रै त होइन ?

हामीले यहाँ केही यस्ता कुराहरु उल्लेख गरेका छौं, जसलाई साँचो मायाको निसानी मानिन्छ । जुन कुरा तपाईंले पनि जीवनमा कहिले न कहिले फिल गर्नुभएको हुन सक्छ । कतिपयलाई सच्चा प्यार जुनसुकै उमेरमा पनि हुन सक्छ ।

१. के तपाईं एक्लै सुनसान सडकमा हिँडिरहँदा तपाईंको दिमागमा मात्र उसको याद आउँछ । तपाईंको आसपासमा धेरै चिजहरु हुनसक्छन्, तर तपाईंको विचारमा मात्र ऊ ।

२. के आफ्नो फेवरेट लभ सङ सुन्दा मात्र उसमा हराउनुहुन्छ । त्यो गीतका हरेक शव्द आफूलाई नै ध्यानमा राखेर लेखिएको जस्तो पनि लाग्न सक्छ ।

३. जब तपाईंलाई उसका हरेक गल्ती पनि राम्रो लाग्न थाल्छ । उसका गल्ती, कमजोरीहरुसँग पनि प्रेम गर्न थाल्नुहुन्छ ।

४. उससँग लामो डिस्कस पछि पनि अन्त्यमा सबै भूलेर कूल हुनुहुन्छ ।

५. के तपाईं उसको अनुपस्थितिमा आफूलाई अधूरो महसुस गर्नुहुन्छ ? चाहे दर्जनौं मानिस आफ्नो अघि किन नहुन्, उनीहरु कसैको मतलव हुँदैन ।

६. उसलाई दु:ख लाग्दा तपाईं पनि एकदम निरास हुनुहुन्छ, उसको दु:ख र पीडा बरु आफूमा सरोस् भन्ने पनि लाग्ला ।

७. तपाईंलाई आफ्नो प्रेमसँग एकदमै भरोसा छ । उसँग टाढा हुनुपर्छ, उसलाई गुमाउनु पर्ला भन्ने पनि लाग्दैन ? जब तपाईं हर समय उसैसँग हुन्छु, भन्ने सोच्न थाल्नुहुन्छ ।

८. के तपाईंलाई उसका लागि कुनै चिज गुमाउनु पर्दासमेत थोरै पनि नराम्रो लाग्दैन ?

९. जब तपाईं उससँग झगडा गर्नुहुन्छ, एकदमै घमासान झगडा पर्छ । सोही अवस्थामा तपाईंको कोही आफ्नो मान्छेले उसलाई थोरै ठूलो स्वरले बोलेको समेत मन पर्दैन ? तपाईं त्यो दोस्रो व्यक्तिसँगै प्रतिवाद गर्न थाल्नुहुन्छ ।

१०. तपाईं जे गर्नुहुन्छ हामीकै भावनाले गर्न थाल्नुभयो, जब उससँग भेट भयो ‘म’ भन्ने शव्दलाई नै डिलिट पो गरिदिनु भयो कि !

११. कहिले काहीँ सार्वजनिक स्थानमा पनि तपाईंहरु एक आपसमा जिस्किनुहुन्छ, तर तपाईंहरुलाई यो सार्वजनिक स्थान हो, यहाँ हामीभन्दा बाहेक अरु पनि छन् भन्ने फिल नै हुँदैन ।

१२. के तपाईंले उससँग भेटेपछि आफ्नो फेसबुक एकाउन्टमा काफी बदलाव गरिसक्नुभयो ? जस्तै प्रोफाईल तस्वीर परिवर्तन, रोमान्टिक गीत अपडेट, पोजेटिभ कुराकानी र उससँग जोडिएका कुराहरु शेयर गर्न थाल्नु भयो कि !

१३. अब तपाईंलाई काहीँ पनि एक्लै जान मन लाग्दैन । एक्लै हुने बित्तिकै उसकै चाह हुन्छ ?

१४. जब तपाईं आफैंले आफैंलाई यो मेरा लागि ऊ सबैभन्दा उत्तम विकल्प हो भन्ने सुझाव दिन थाल्नुहुन्छ । ऊ नै मेरा लागि सबैभन्दा उत्तम हो र मेरो हुनका लागि डिजर्व गर्छ भनेर मनले भन्छ ।

१५. यतिबेलासम्म त साथीहरु तपाईंलाई भन्न थालिसक्नेछन् तिमीहरु कहिले लगन गाँठो कस्दै छौ ? ख्याल गर्नुस् आफ्नाहरुले यत्तिकै तपाईंलाई यस्तो भन्दैनन् ।

अब ढिला नगर्नुस्, उमेर पुगेको भए पञ्चेबाजा बजाए हुन्छ । तर, आफ्नो करियरलाई भने पक्कै पनि ख्याल गर्नुहोला ।

source: sajhapost

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks