डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध र सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि । तर कम्बोडियामा अचम्मको घटना सार्वजनिक भयो । अत्याधिक धेरै सुन्दरता कारण कम्बोडियन एक सुन्दरी समस्यामा परेकी छिन ।
अभिनेत्रीसमेत रहेकी २७ वर्षकी डेनी ख्वान(Denny Kwan) माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध नै लगाएको छ । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि से८क्सी फोटो फेसबुकमा शेयर नगर्ने डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ । डेनीका का(मुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।
वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् । तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन् ।
source: सुनाखरी न्युज
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks