यी देशमा छन् विश्वकै खतरनाक महिला सैनिक

हाम्रो देशमा अहिले पनि महिलालाई भात भान्सामै सीमित गर्न खोजिन्छ । महिला भनेको घरको काम गर्नलाई हो भन्ने मान्यता अझै हटेको छैन ।

Nepali typing

त्यही भएर होला नेपाली सुरक्षा निकाय खास गरेर नेपाली सेनामा महिलाको स्थिति एकदमै कम छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धले महिला सशक्तिकरणमा केही सकरात्मक असर पारेपछि अहिले सेनामा पनि महिलाको उपस्थिति बलियो बन्दै गएको छ ।

तर संशारका केही यस्ता देश पनि छन्, जहाँ महिलालाई नै सेनाको महत्वपूर्ण जिम्मेवारी दिइएको हुन्छ । अर्थात् ती महिला विश्वका खतरनाक सेनामा गनिन्छन् ।
इजरायल
इजराइलको आवादी क्षेत्रमा करीब ८६ लाख जनसंख्या रहेको छ । जसमा करिब ३१ लाख सैनिक रहेका छन् ।
त्यसमध्ये पुरुष १५ लाख ५४ हजार पुरुष सेना छन् भने १५ लाख १४ हजार महिला सेना छन् । इजराइल एउटा यस्तो देश हो जहाँ महिला र पुरुष सेनाको संख्या बराबर रहेको छ ।
चीन
चीनमा सयांै वर्षदेखि महिला सेनाको संख्या बढिरहेको छ। चीनमा सेनाको संख्या संख्या २२ लाख ८५ हजार छ । जसमध्ये २ लाख महिला सैनिक छन् ।
अमेरिका
अमेरिका सबैभन्दा शक्तिशाली देश हो । यहाँका महिलाहरु पुरुष बराबर सेनामा काम गरिरहेका छन् । उनीहरुले पुरुष जत्तिकै तालिम र सैन्य कलामा पोख्त छन् । यहाँ महिला सेनाको संख्या २ लाख रहेको छ ।
रूस
रुसमा पनि महिलाहरु सेनामा अमेरिकाको तुलनामा बराबरीको संख्यामा रहेका छन् । यहाँ २ लाख महिलाहरु सेनाका कार्यरत छन् ।
फ्रान्स
फ्रान्समा पनि महिलाले धेरै वर्षदेखि सेना र सुरक्षा क्षेत्रमा योगदान दिँदै आएका छन् । यहाँ करीब ८० हजार महिलाहरु सेनामा कार्यरत छन् ।
यूक्रेन
रुसमा बढ्दै गएको तनावपछि युक्रेनले घरैपिच्छे एक जना महिलालाई सेनामा भर्ती गर्ने नियम लागू गरेको थियो । उक्त नियम अहिले पनि कायम रहेको जनाइन्छ । यही कारण यहाँको सेनामा महिलाको संख्या ५० हजार रहेको छ
बेलायत
बेलायतमा दोस्रो विश्व युद्धपछि महिलालाई सेनामा भर्ना लिन थालियो । तर यहाँ महिला सेनाको संख्या २० हजार मात्रै रहेको छ ।
पोल्याण्ड
पोल्याण्डमा महिला सैनिकको भर्ती पछिल्लो समयमा बढ्दै गएको छ । यहाँ अहिले महिला सैनिकको संख्या २५ हजार पुगेको छ ।

nayabato.

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks