यीनै ७ कारण जसले तपाईंको सम्बन्धलाई टाढा टाढा बनाउँदै लैजान सक्छन् ।

केही समय पहिले इन्डियना यूनिवर्सिकटीमा भएको एक रिसर्चमा पाएइएको छकि धोका दिने मामलामा महिला पुरुष भन्दा कम छैनन् । जति मानिसमा यो सर्भे गरीयो उनमा २३ प्रतिशत पुरुषले आफ्नो पार्टनरलाई धोका दिएको कुरा स्वीकार गरे भने १९ प्रतिशत महिलाले पनि उनीहरुले आफ्नो पुरुष साथीलाई धोका दिएको बताए ।

Nepali typing

ति महिलाले स्वीकार गरे कि आप्mनो साथीले धोका दिनाले उनलाई दुःख त छ तर कसैको भावनात्मक बलको लागि यसो गर्नाले त्यो यथार्थलाई रोक्न सक्दैन । यदी तपाईलाई शंका छ तपाईंको साथीले वितेका केही दिन अरु कसैलाई सपोर्ट गरि रहेको छ । यदी तपाईलाई त्यस्तो लाग्न थालेको छ भने यी ७ कुरामा ख्याल गर्नुहोस् । त्यस पछि तपाईंलाई तुरुन्त थाहा लाग्नेछ कि तपाईको सम्बन्ध खतरामा परी रहेको छ ।

१.वाथरुमा फोन लिएर जान थाले भने
अचानक आफ्नो फोनप्रतिको मोह बढ्न थालेर वाथरुममा समेत फोन लिएर जान थाले । उसको फोनको पासवर्ड पटक पटक बदल्ने त्यसबारे सोधेमा सही कुरा नबताउने । टेलिफोन गर्दा पनि लुकी लुकी बचेर गर्न खोज्ने । यदी यसो हो भने त्यस तर्फ ध्यान दिनु र सम्बन्धलाई बचाई राख्ने हो भने आफ्नो बानीलाई पनि तुरुन्त बदल्नु प¥यो ।

२.पहिले भन्दा बढी मेकअप गर्न थाले भने
जब केही दिन पहिले सम्म कहिँ बाहिर जानु पर्दा मेकअपका लागि त्यति ध्यान नदिने भैहाल्छ नी के फरक पर्छ र भन्ने साथी आजकल घरबाहिर निस्कन पर्यो भने मेकअपमा बढी ध्यान दिने, मेकअपका सामग्री बढीमात्रामा किन्न खोज्ने, महँगा महँगा मेकअपका सामान किन्न खोज्ने जस्ता काम दोहोरिन लागे भने तपाईंले समेत त्यस कुरालाई ध्यान दिनुहोस् । सचेत हुनुहोस् ।

३.उसको नयाँ साथी एकदम नजिकको मान्न थाले भने
यदि उसले नयाँ साथीको बारेमा धेरै कुरा गर्न थाली भने उसको प्रशंशा गर्न थाले भने । साथै उ कति स्वतन्त्र भएर घुफिर गर्छे हिँड्छे भनेर तपाईं सँग उसको स्वतन्त्रताको इश्र्या गर्ने र आफु प्रतिबन्धित भएको जस्तो कुरा गर्न थाले भनी यो थाहा पाउनुहोस् कि उसको मन भट्कन थालेको छ मन अन्तै डुल्न थालेको छ । यदी समयमै ध्यान दिन सकिएन भने पछि पछुताउनुको कुनै अर्थ छैन ।

४.एक्लै एक्लै घुमफिर गर्ने समय खोजे
जो सुकै मानिसले पनि घुमफिर गर्न साथीभाई भेट्न र मनोरन्जनको लागि समय निकालेकै हुन्छ । घरका अन्य कामहरुलाई केही समय रोकेर, अफिसको तनाबलाई रोकेर, साथीभाई सँगको सम्बन्धलाई विर्सेर भएपनि यो सामान्य कुरा हो र मानवीय स्वभाव पनि । तर जब मानिसले यो कुरालाई आफुलाई अनिवार्यता नै ठान्छ भने र तपाई घरबाहिर हुँदा तपाईले गरेको फोन समयमा उठाउँदैन, तपाईंले गरेको मेलको म्यासेजको प्रतिउत्तर समयमा फर्काउँदैन भने तुरुन्त तपाईले यस कुरामा ध्यान दिनुहोस् ।

५.शुरुवातमा झै सँगै बस्ने खाने र हिँड्न कमहुँदै गयो भने
सम्बन्धको शुरुवातमा हातसमातेर घुम्नु, एउटै आइसक्रिम शेयर गरेर खानु, एकै प्लेटमा खाना खानु, कुरा गर्दा पटक पटक शरीरका विभिन्न भागमा हिर्र्काए जस्तो गरी छोइरहन खोज्नु, टाँस्सिएरै बस्न खोज्नु गरे पनि जब कुनै न कुनै बाहानामा भेट गर्नबाट तर्किन थाले भने, मोबाइलमा म्यासेज गर्दा आइ लभ यू को सट्टा मिस यू या औपचारीक शब्दहरुको बढी प्रयोग गर्न थाले भने सम्झनुहोस् तपाईंको ठाउँ अर्कैले लिँदै छ सम्बन्धमा दूरी बढ्दै जान सक्छ । समयमै बुभ्mनु होस् ।

६.तपाईं माथि शंका गर्न थाले भने
दुईजना बीचको सम्बन्धमा कुनै न कुनै तर्फबाट कमजोरी हुनपुग्छ । यो धु्रव सत्य हो । सबै मानिस हर समय सहि निर्णय सहि काम गर्छ नै भन्ने छैन । काम गर्दैजाँदा सानातिना गल्ती जस्बाट पनि हुन्छ । यही कुरा साथि साथिका बिचमा पनि हुन्छ । तर जब मानिसले आफु राम्रो हुन अरुलाई विना कारण पनि साना तिना कुरामा दोष लगाउने र शंका उपशंका गर्न थाल्छ, आरोप प्रत्यारोप लगाउन थाल्छ भने त्यहाँ निर पनि सम्बन्ध विग्रँदै जान लागेको संकेत देखा परेको हुन सक्छ ।

७.अत्यावश्यक मौकामा प्लान बदल्न थाले भने
यदि तपाईले डिनरको लागि कहिँ कफि सपमा, या रेष्टुराँमा भेट्ने भनेर समय मिलाई सकेको भएपनि । एक्कासी त्यो समयमा मलाई अरु नै काम पर्यो भनेर बाहाना बनाई नआउने प्रक्रिया पटक पटक दोहोर्याई राख्न थाले भने पनि कुनै पनि बेला तपाईंलाई धोका हुन सक्छ  ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks