यस्तो थियो १०० वर्षअघि अमेरिका !

मानवजातिको विकास लाखौं वर्षदेखि भएको हो । तर आधुनिक विकास धेरै पुरानो छैन । एक सय वर्ष अघिमात्रै विश्वमा मानवजातिको सभ्यता संस्कृति पढ्दा आश्चर्य लाग्न सक्छ । अहिलेको विश्वको महाशक्तिशाली र विकासमा पनि अग्रपंक्तिमा रहेको अमेरिका १ सय वर्षअघि खास त्यस्तो थिएन । शब्दमा पढौं सय वर्ष अघिको अमेरिका
– पुरुषको औषत आयु जम्मा ४७ वर्ष थियो । – कारका लागि इन्धन खरिद बिक्रीका लागि त्यो बेला पम्पको विकास भएको थिएन । त्यो बेला औषधि पसलबाट इन्धन बिक्री हुन्थ्यो ।

Nepali typing

– जम्मा १४ प्रतिशत घरमा नुहाउने ‘बाथटव’ थियो ।

– ८ प्रतिशत घरमा टेलिफोन जडान भएका थिए ।

– धेरैजसो सहरहरुमा १० माइल प्रतिघण्टाको गतिमा सवारी चलाउने अनुमति दिइएको थियो ।

– संसारको सबैभन्दा अग्लो इमारतको रुपमा फ्रान्सको इफेल टावर थियो ।

–अमेरिकामा सन् १९१० मा औषत ज्याला प्रतिघण्टा २२ सेन्ट तोकिएको थियो ।

– एक वर्षमा अमेरिकी मजदुरहरुले वर्षको २ सय देखि ४ सय डलर आम्दानी गर्थे ।

– दक्ष लेखापालले वर्षमा २ हजार डलरसम्म कमाउने अपेक्षा राख्थ्यो ।

– दन्त चिकित्सकले वर्षमा २५ सय डलरसम्म कमाउथ्यो ।

– पशु चिकित्सकले वर्षमा १५ सयदेखि ४ हजार डलरसम्म वर्षमा आय गथ्र्यो ।

– मेकानिकल इन्जिनियरको आय भने सय वर्ष अघि पनि राम्रो थियो । वर्षमा झन्डै ५ हजार डलर कमाउन सक्थ्यो ।

– ९५ प्रतिशत शिशुहरु घरमै जन्मन्थे ।

– ९० प्रतिशत चिकित्सकहरुले कलेजमा शिक्षा लिएकै हुँदैन थिए । उनीहरु स्वघोषित मेडिकल स्कुलहरुमा पढ्थे । ती मध्ये धेरैलाई प्रेसले नक्कली चिकित्सकको आरोप लगाउथ्यो । कतिपय अवस्थामा सरकारले पनि उनीहरुमाथि कडा व्यवहार गथ्र्यो ।

– एक पाउन्ड चिनीको मूल्य चार सेन्ट थियो ।

– १५ सेन्टमा एक दर्जन अण्डा पाइन्थ्यो ।

– क्यानडाले एक कानुन पास गर्दै त्यसअघि बर्जित गरिएको गरिबहरुलाई आफ्नो देशमा जुनसुकै कारणले भए पनि प्रवेश गर्ने अनुमति दियो ।

– त्यो बेला मानिसहरु पाँच मुख्य कारणले मर्ने गर्थे । ती हुन् न्युमोनिया वा मौसमी ज्वरो, क्षयरोग, झाडाबान्ता, मुटु रोग र हृदयघात । – अमेरिकाको झन्डामा ४५ मात्रै ताराहरु थिए । अहिले ५० वटा छन् ।

–अमेरिकाको लस भेगास नेभ्डाको जनसंख्या जम्मा ३० थियो ।

–कोठेपद, क्यान वियर त्यो बेला निस्केकै थिएनन् ।

– त्यो बेला फादर्स डे र मदर्स डे मनाउने चलन सुरु भएकै थिएन । यद्यपि पूर्वी हिन्दु सभ्यता भएका मुुलुकमा सयौं वर्ष अघि देखि मातातीर्थ औंशी, बाबुको मुख हेर्ने पर्व चलनमा थिए ।

– १० मध्ये ८ वयस्कहरु पढ्न लेख्न जान्दैन थिए ।

– ६ प्रतिशत अमेरिकीहरुले विद्यालय शिक्षा पूरा गर्थे ।

– गाँजा, हेरोइन र मर्फिन स्वास्थ्यको लागि लाभदायक मानिन्थ्यो । अमेरिकाभर यसको कारबोरमा कुनै प्रतिबन्ध थिएन । सबैजसो औषधि पसलमा यस्ता वस्तु किन्न पाइन्थ्यो । यस्ता पदार्थको प्रयोगले दिमाग ठीक राख्न सहयोग गर्ने, पेटको समस्या निर्मुल हुने विश्वास थियो । स्वास्थ्यको वास्तविक संरक्षक गर्ने पदार्थमा गाँजा, हेरोइन र मर्फिनलाई लिइन्थ्यो ।

– १८ प्रतिशत अमेरिकीको घरमा कम्तिमा एक जना नोकर वा घरेलु सहयोगी हुने गर्थे ।

– सन् १९१५ मा अमेरिकाभर २३० हत्याका उजुरी दर्ता भएका थिए ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks