विश्वका जति पनि देश छन्, प्राय सबै देशमा फरक फरक कानून रहेका छन् । तीमध्ये कतिपय कानुन यस्ता बेतुके र अनौठो खालका रहेका छन् । जुन कानुनका बारेमा सुन्दा पनि अचम्म लाग्छ, पालना गर्ने कुरा त कल्पना गर्न पनि मुस्किल पर्छ ।
जस्तै दुबईमा यदि तपाई आफ्नो गाडी सफा नगरिकन चलाउनुभयो अर्थात कतै फोहोर देखियो भने त्यसका लागि पनि हजारौ जरिवाना तिर्नुपर्ने हुन्छ । दुनियाँका यस्ता अनौठा कानुहरुमध्येका केही यस्ता छन् ः
तपाईले सडकमा कयौँ पटक मानिसहरु झगडा गर्दै ठूलो ठूलो स्वरमा बोल्दै हिडिरहेको त सुन्नु भएको होला । तर क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा वा हिड्दा कसम खान तथा चिच्याउन प्रतिबन्ध रहेको छ । यदि कसैले यस्तो गरेको पाइएमा उसले ५ हजार डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
अमेरिकाको फ्लोरिडा राज्यमा आइतबार कुमारी केटीहरुले स्काई डाइभ गर्नु अपराध मानिन्छ । बोलिभियाको लापाज राज्यमा विवाहित महिलाले दिनमा एक गिलास भन्दा बढी वाइन पिउन मनाही छ । इटालीको काप्री नामक टापुमा केटीहरुले जुत्ता वा चप्पलको आवाज निकालेर हिड्नु अपराध मानिन्छ ।
अमेरिकाको ओक्लोहामा राज्यमा मानिसहरुले कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् । ब्रिटेनमा गर्भवती महिलाहरुलाई जहाँकहीँ पनि दिशापिसाब गर्न छुट रहेको छ । अमेरिकाको अर्कन्सास राज्यमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।
दुबईको समुद्री तटहमा प्रेमी जोडीहरुले मानिसहरुको अगाडि चुम्बन गर्न मनाही रहेको छ । इटालीको इराक्लीअ राज्यमा सहरको तटीय क्षेत्रमा माटोको घर बनाउनु कानुनी रुपमा अपराध मानिन्छ ।
nepaljournal
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks