boy

यस्ता ५ गुण भएका युवकसँग मोहित हुन्छन् युवतीहरु

युवकहरु युवतीलाई आकर्षित गर्न केही न केही गरिरहेकै हुन्छन् । तर, हत्पती कुनै पनि युवती उसको जालमा परिहाल्दैनन् । यसैक्रममा गरिएक एक अनुसन्धानले केही यस्ता तथ्यहरु पत्ता लगाएको छ, जसमा युवतीहरु छिट्टै आकर्षित हुन्छन् । शिक्षा, पेशा, रुप र पैसा त सबैले बुझेकै कुरा हुन्, जसमा युवतीहरु लोभिन्छन् । केही यस्ता गुणहरु पनि हुन्छन्, जसले युवतीलाई छिट्टै लोभ्याउँछ ।

Nepali typing

१. मेधावी र चलाख

प्राय युवतीहरु चाहन्छन्, आफ्नो प्रेमि हरेक कुरामा चलाख र मेधावी होस् । आफ्नो फिल्डमा मात्रै होइन, देश(दुनियाका हरेक कुराका बारेमा जानकार होस् । सामान्यज्ञानमा चलाख होस् । समाचारमा चासो राखोस् ।

२. संवेदनशील

एक सर्भेका अनुसार हरेक कुरालाई सम्वेनशीलताका साथ लिने युवकहरु पनि युवतीहरुको रोजाइमा पर्ने गरेका छन् । जसको बात गर्ने तरिका आकर्षक होस्, अरुको भावनाको कदर गरोस्, आफ्नो कामलाई गम्भीरताका साथ लिगोस्, आदि ।

३.सेन्स अफ ह्यूमर

जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ, त्यो व्यक्ति पनि केटीहरुको रोजाइमा बढी पर्ने गरेको पाइएको छ । यस्तो व्यक्ति आफूमात्रै खुसी हुने होइन, आफूसँग हुने सबैलाई खुसी राख्न सक्छ भन्ने बुझाइ रहेको पाइन्छ ।

४. सहयोगी

युवतीहरु चाहन्छन् कि आफ्नो प्रेमिले आफूलाई आवश्यक पर्दा सहयोग गरोस् । महिलालाई सम्मान गरोस् । दयालु होस् ।

५.खाना बनाउन शौखिन

यो तथ्य निकै रोचक छ । खाना बनाउन शौखिन युवकरु पनि युवतीको रोजाइमा पर्ने गरेको अनुसन्धानको निष्कर्ष छ । किचनमा आफूलाई सघाओस् भन्ने उनीहरु चाहन्छन् ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks