यस्ता छन् किशाेरीकाे बारेमा पत्ता लागेका तथ्यहरू

१. दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स (बाध्यतामा परेर या आफ्नै चासोमा) गर्छन् ।
२. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।
३. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।
४. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ।
५. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।
६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।
७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।
८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।
९. अमेरिकामा बर्सेनि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।

Nepali typing
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks