विक्रम सम्वत

यसरी शुरुवात भयो विक्रम सम्वत

नेपालको विक्रम सम्बत् सुर्यसंग सम्बिन्धित रहेकाले महिनाहरुपनि ग्रह नक्षत्रका नामबाट सम्बन्धित रहेका छन् । तत्कालिन विशाल नेपालमा प्राचिन आर्य संस्कृति, सभ्यता, र परम्परालाई जोगाउने अभिप्रायले विक्रम संवतको चलन हाम्रा पुर्खाहरुले चलाएर ल्याएका हुन् ! नेपालको सम्बत् प्रणलि सुर्य पाटनसंग सम्बन्धित रहेको छ । जब पृथ्वीले सुर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला विक्रम शुक्ल प्रतिपदा हुन्छ र सुर्य मिन राशिबाट पुनह मेष रासिमा प्रवेश गर्दछ । यहिबेला नयाँ वर्षको सुरुवात हुने गर्दछ ।
नेपालको सम्बत संवत सनातन हिन्दु परम्परामा आधारित नेपालको राष्टिूय पञ्चाङ्ग हो जसलाई श्री ५ पृथ्वी वीर विक्रमको शासनकालमा राणा प्रधानमन्त्री देव शमशेररचन्द्र शमशेरले आधिकारिकता दिई सरकारी सम्बतको औपचारिक मान्यता दिएको ठानिन्छ ! अपुष्ट रुपमा भन्दा उहिले उज्जैनका तत्कालिन राजा विक्रमादित्यले चलाएको भनेर यो सम्बतलाई विदेशी सम्बत मान्नेको लर्को थुप्रै छ भने यो सम्बत नेपालको प्रथम मौलिक सम्बत हो भन्ने पनि धेरै छन् ! जे भएपनि यो प्राचिन सनातन परम्परामा आधारीत सौर्य पात्रो हो जो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो छ भने शक् सम्बत भन्दा १३५ बर्ष जेठो, कली सम्बत भन्दा ३०४४ बर्ष कान्छो, नेपाल सम्बत् भन्दा ९३६ बर्ष ६ महिना जेठो, हिजरी सम्बत भन्दा ६३६ बर्ष जेठो, कलियुगको सुरुवात र कल्कि सम्बत भन्दा ३०४४ बर्ष कान्छो छ ! बिक्रम सम्बत् लाई अनुशरण गर्ने देश नेपाल मात्र हो भने भारतले यस सम्बतलाई सांस्कृतिक क्यालेण्डरको रुपमा स्वीकारेको पाइन्छ ! भारतमा तिथिको आधारमा यसलाई चलाइएको छ !