एजेन्सी।पोर्न फिल्म उद्योग जति विवादित मानिन्छ, त्यो भन्दा धेरै विवादित पोर्न स्टारलाई मानिन्छ। पोर्न स्टारको जीवन कस्तो हुन्छ? उनीहरुको कमाइ कति हुन्छ? उनीहरु कति समयपछि अवकाश लिन्छन?
कस्तो चुनौती पोर्न फिल्म उद्योगमा झेल्नुपर्छ? यी सबै प्रश्नको जवाफ पोर्न स्टार, पोर्न साइट ओनर तथा निर्मात्री सिरीले कुओरालाई दिएको एक अन्तर्वातामा खुलस्त पारेकी छन्।
सिरीका अनुसार एक पोर्न फिल्ममा एक सिनकालागि ४० देखि ६५ हजार डलरसम्म कमाउँछन्।
यस्तो हुन्छ पोर्नस्टारका दैनिक कार्यतालिक दैनिक कार्यतालिकाका विषयमा कुरा गर्दै सिरीले आफू विहान नौ बजेभन्दा तयार हुने र नौ बजे सुटकेस तयार गर्ने, दश बजे कारमा ११ बजेभन्दा पहिला सेटमा पुग्ने गरेको बताइन्।
११ बजे पेपर वर्क सकाएर मेकअप गर्ने, १२ बजे सोलो फोटोसुट गराउने, फोटोसुट गर्दा एक घन्टा समय लाग्ने उनले बताएकी छन्।
१देखि २ बजेको बीचमा पुरष पोर्न स्टार आउँछन्। यही बीचमा पेपर वर्क सकाउने र क्रु लाइटको काम हुन्छ। त्यसपछि दुवैको परिचयात्मक भिडियो सुट गरिन्छ र पुरष र महिला पोर्न स्टारको यौन सम्पर्क गरेको फोटोसुट गरिन्छ। त्यसपछि दुवै जनाको भिडियो सुट गरिन्छ। त्यसपछि उनीहरुको काम सकिने सिरीले खुलासा गरेकी छन्।
सिरीका अनुसार मेल र फिमेल पोर्न स्टारको कमाइमा निकै अन्तर हुन्छ। पोर्न फिल्म उद्योगमा मेललाई भन्दा फिमेल पोर्नस्टारलाई धेरै पारिश्रमिक दिइन्छ।
फिमेल पोर्नस्टारलाई एक सिनकालागि ४० देखि ६५ हजार सम्म पारिश्रमिक दिइन्छ।र फिमेल पोर्नस्टारका कामको समय मेल पोर्नस्टारको भन्दा पनि धेरै हुन्छ।
पोर्न फिल्म उद्योगमा फिमेल पोर्नस्टारलाई समान्यता तीनदेखि ६ महिनासम्म मात्र काम गर्न दिइन्छ। ६ महिनामा महिला पोर्नस्टारको भविष्य तय हुन्छ।
त्यो भन्दा धेरै समय त्यस्ता महिला पोर्नस्टार मात्र टिक्छन जोसँग जसलाई फ्यानहरुले लामोसमयसम्म मन पराउँछन्। सिरीका अनुसार पुरुष पोर्नस्टारलाई एक सिनकालागि ३२ देखि ६५ हजारसम्म पारिश्रमिक दिइन्छ।
यो बजेट स्टुडियोका हिसावले कम बेसी हुन्छ। पुरुष पोर्नस्टारमा कम प्रतिश्पर्धा हुने सिरीले बताइन्।
तर यसो भन्दैमा पुरुष पोर्नस्टारको काम सजिलो भने छैन। पुरुष पोर्नस्टारले आफ्नो स्टामिना बनाइ राख्नुपर्छ, निर्देशकले कट नभनेसम्म सबै थोक गर्न तयार हुनुपर्छ। कतिपय महिला पोर्नस्टार आफ्नो सर्तमा मात्र काम गर्छन।
hkhabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks