एक गिलास स्याउको जुसमा एक गिलास चुकन्दरको रस मिसाई त्यसमा एक चम्चा मह राखेर घोल्नुहोस् । दैनिक यो जुस पिउँदा एनिमियाको समस्या हट्छ ।
पाकेको आँपको गुदीलाई उमालेको दूधसँग खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।
दुई चम्चा तिललाई दुई घन्टासम्म पानीमा भिजाउने । पानीलाई छानेर तिललाई मसिनो बनाएर पिस्ने । पिसेको तिलमा एक चम्चा मह मिसाएर दिनमा दुईपटक खानुहोस् ।
भुटेको मकै पनि एनिमिया रोगविरुद्ध लड्ने पौष्टिक आहार हो । तसर्थ, एनिमियाका रोगीले नियमित मकै खानुपर्छ ।
दिनको दुईपटक चिसो पानीले नुहाउने र बिहानी घाममा बस्ने ।
enayapatrika
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks