काठमाडाैँ । कुखुराको अण्डा स्वास्थ्यका लागि एकदमै राम्रो खाद्य मानिन्छ । यसबाट पूर्ण रुपमा प्रोटिन तथा चिल्लो पदार्थ आदि प्राप्त गर्न सकिन्छ । खान त हामीलाई आउँछ तर यो कसरी सहि तरिकाले पकाउने भन्ने कुरामा हामी अनभिज्ञ रहेका छौं ।
प्राय मानिसहरू अण्डा उसन्ने सवालमा अण्डा पानीमा राखेर २० मिनेटका लागि पकाउने गर्छन् । यसरी तयार भएको अण्डा बेस्वादको हुन्छ ।
बढी मात्रामा अण्डा उसिन्दा सेतो भागमा रहेको प्रोटिनका कारण अण्डा कडा हुन जान्छ । यस्तै धेरै समयसम्म अण्डा उमाल्दा त्यसमा रासायनिक प्रतिक्रिया पनि भित्र्याउन सक्दछ जसका कारणले बेस्वादी हरिया–खैरो तह अण्डाको पहेंलो भागमा देखिन जान्छ । कम समय लगाएर अण्डा पकाएमा पनि सेतो तथा पहेंलो भाग आधा पाकेको तथा गिलो नै रहन जान्छ ।
अण्डालाई सहि तिकाले यसरि पकाउनुहाेस्
सर्वप्रथम एउटा ठूलो भाँडोमा चिसो पानी र कुखुराको अण्डा राख्नुस् जसमा पानीले समान रुपमा अण्डालाई छोप्न पाअाेस् । त्यसपछि भाँडालाई ठिककाे तपक्रममा विस्तारै पकाउनुहाेस् केही समयप छि जब पानीमा फोकाहरू उठ्न थाल्दछन् तब तुरुन्त आगो निभाउनुहाेस् । त्यस भाडालाई नचलाई कडा रुपमा बिर्काे लगाई करीब १० मिनेट त्यसै छोडिदिनुहाेस् । यसरी पकाएकाे अण्डा स्वादिष्ट हुनकासाथै स्वस्थकर पनि हुन्छ ।weeklynepal
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks