यसरी गराै नेपालमा रोजगारी सृजना

आपसी कलह हैन सामाजिक एकता र भाइचाराको अवस्था निर्माण गर्नुपर्छ । राजनीतिक दलको झन्डा हैन नेपालको राष्ट्रिय झन्डा लिएर निक्लनु पर्छ ।  आ-आफ्नो ठाउँको स्रोत-साधन र सानो जनशक्तिलाई परिचालन गर्दै घरेलु उद्योग र साना व्यवसायको सम्भाव्यता र चुनौती अध्ययन गरौं ।

Nepali typing

तपाई सफलताको शिखर अरूलाई प्रतिस्पर्धामा जितेर होइन की आफैसंग प्रतिस्पर्धा गरेर क्षमतावान बनी आफैंलाई जित्नु भयो भने मात्र चढ्न सक्नुहुनेछ । त्यसैले भनिन्छ नि कुनै पनि क्षेत्रको परिवर्तन चाहनु हुन्छ भने आफै बाट सुरूवात गरौं ।

म देशको राजनीतिक निकासबाट लेखको सुरूवात गर्छु । लामो वलिदानीपूर्ण संघर्ष, विभिन्न आरोह अवरोह, त्याग तपस्या र विदेशी हस्तक्षेपलाई चिर्दै नेपालले नया संविधान प्राप्त गरेको १ बर्ष भयो । हामी सबै नेपालीको सफलता हो भन्दा फरक पर्दैन । अब सबैको हक़ अधिकार र सम्मुनतिको लागि यही संविधान पालना गर्दै खोज्नुको विकल्प छैन ।

हामीले आपसी कलह हैन सामाजिक एकता र भाइचाराको अवस्था निर्माण गर्नुपर्छ । साथै संविधानलाई आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्छ । तर एक अक्षर पनि संविधान कार्यन्वयन नगरी पुन संविधान संसोधनको नाममा एक बर्ष बित्यो । हाम्रो देशको राष्ट्रियता खलबल नहुने गरी हिमाल, पहाड़, तराई सबैलाई समेट्ने गरी संघीयतामा जाने हो । २० औं वर्ष भयो स्थानीय चुनाव नभएको । नैतिकता छ नेपालका दलहरूमा भने चुनावमा जान सक्नुपर्छ । जनता जनार्दन हुन् सबै फ़ैसला जनताले गर्छन । संघीय आयोग छन्, जातीय, भाषिक आयोग छन् सबै काम यिनले गर्छन् । अहिले यो कुनै विवाद गर्नु पर्दैन । साथै सबै जातजाति, भाषाभाषी सबैको अपन्त्व त संविधानमा आइसकेको नै छ ।

क्षेत्रीय पार्टीहरू आफू सत्तामा बस्ता जनताको जीवनस्तरबारे केही नबोल्ने त्यहाँ भएका विकृति विसंगती उन्मूलन गर्न चुइक्क नबोल्ने तर सत्ता बाहिर भएको बेला रडाको मच्चाउने प्रवृत्ति त्याग्नु पर्छ । देशलाई सधै यो या त्यो बहानामा बन्धक बनाउनु हुँदैन । केही व्यक्तिको र छिमेकीको स्वार्थका कारण अब हामीले एक नेपाली र अर्को नेपाली लड्ने दिनको अन्त्य गरिनुपर्छ ।

विदेशमा बसेर आफन्तका लागि केही लाख रुपैयाँ लगानी गर्दै विदेश भित्र्याउने कामको अन्त्य गरिनुपर्छ । नेपालमै आफैले लगानी गरेर रोजगारी सिर्जना गर्न सकिने छ । सबैभन्दा पहिले एउटै जिल्लाका विभिन्न देशमा रहेका सकरात्मक सोच र विचार मिल्ने साथीहरूको समूह बनाउ ।

हामी युवा अब राजनीतिक दलको झन्डा हैन नेपालको राष्ट्रिय झन्डा लिएर निक्लनु पर्छ । नेपालका सुरक्षाकर्मी नेपाली जनतालाई लाठिचार्ज गर्न होइन सिमास्तम्भ उखाल्ने विस्तारवादीको डाढमा बर्साउनु पर्छ र विकास निर्माणमा लाग्नुपर्छ । त्यसै हरेक युवा स्वाभलम्बी बन्नु पर्छ ।

यहाँ विदेशमा वसेर राष्टियताको कुरा गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ तर हामीले देश निर्माणको लागि ठूलो योगदान गरेका छौं विश्वमा नेपाललाई चिनाउने दौडमा छौं तर कतिपय व्यव्यक्ति आफु विदेशिको नजरमा राम्रो देखिन आफ्नो देशको अपमान गर्न पनि पछिपरेका छैनन् त्यो सोच त्याग्नु पर्छ सकारात्मक कुराबाटै देश चिनाउनु पर्छ । अब हामी यतिमा सिमीत नबनौ , देश विकासमा हामी विदेशमा रहेका हरेक युवाले अव रेमिट्यान्सबाट मात्र होइन उत्पादन शील क्षेत्रमा प्रत्यक्ष लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

हरेक गाउँ बस्तीका युवाहरू हाल हामी विदेशमा छौ अब हामी त्यही टोल गाउँमा सामुहिक लगानी गरि रोजगारीका अबसर सिर्जना गरौ । पक्कै पनि जापान, अमेरिका, कोरिया, हङकङ, सिंगापुर, दुबई, मलेशिया लगायतका देशहरू त्यसै विकसित भएका होइन त्यका लागि हामी विदेशीहरू आएर काम गरेकाले मात्र विकसित बनेका पनि होइनन् त्यहाका जनताको ठूलो र लामो परिश्रम र त्यागका कारण यी देश आजको अवस्थामा छन् ।

त्यसैले अब नया नेपाल निर्माणको निमित्त सरकारले छुट्टै विकास अभियान सन्चालन गर्छ जसमा ठूला योजना पर्ने छन् र गाउँ गाउँ र वस्ती वस्तीका जनता र हाम्रा आफ्नतको जीवनस्तर उठाउने किसिमका र हाम्रो लगानीले सम्भव हुने कार्यमा अव युवाले लगानी गर्नुपर्छ जो विदेशमा बसेर गर्न सकिन्छ । हामी विदेशमा बसेर आफन्तका लागि केही लाख रुपैयाँ लगानी गर्दै विदेश भित्र्याउने कामको अन्त्य पनि गरिनुपर्छ । यसको साटो नेपालमै आफैले लगानी गरेर रोजगारी सिर्जना गर्न सकिने छ । सबैभन्दा पहिले एउटै जिल्लाका विभिन्न देशमा रहेका सकरात्मक सोच र विचार मिल्ने साथीहरूको समूह बनाउ ।

त्यसपछि आआफ्नो ठाउँको स्रोत साधन र सानो जनशक्तिलाई परिचालन गर्दै घरेलु उद्योग र साना व्यवसायको सम्भाव्यता र चुनौती अध्ययन गरौं । यसको नेत्तृत्व तपाई हामीले ठूलो लगानी गरी विदेश बोलाउन चाहेका हामी प्रत्येक का दाजु भाई र आफ्नतलाई दिऔं, जसले नेपालमा काम गर्नेछन । त्यसपछि व्यवसाय गर्ने निर्णय गरौं । त्यो व्यवसाय सन्चालन गर्नको लागि चुस्त र दुरुस्त नियम र टोली बनाऔं । तत्पश्चात विदेश झिकाउन खर्च गरिने रकमले उद्यमशीलताको विकास हुनेछ । नेपालमा दैनिक उपभोगमाआउने अनगिन्ती वस्तु उत्पादन गर्न सकिनेछ।

यति मात्र गर्न विदेशमा बसेका केही युवाहरुले अग्रसरता देखाउने हो भो यो एउटा अभियानकै रुपमा अघि बढ्ने मेरो अपेक्षा छ । के तयार छौं हामी विदेशमा बसेका युवाहरु त्यसो गर्न ?

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks