यदि तपाईको घर वा अफिसमा यी ५ तस्वीरमध्ये कुनैपनि एक तस्वीर छ भने तुरुन्तै हटाईहाल्नुहोस् ।

जसरी मानिसहरु घर बनाउन वास्तुशास्त्रको ध्यान राख्छन् । त्यसैगरी केहि स–साना कुराहरु छन् जसलाई ध्यान दिदा घर र अफिसमा सुख सम्बृद्धी ल्याउन सकिन्छ । तर केहि यस्ता चिजहरु छन् जसलाई बिर्सेर पनि आफूसँग राख्नु हुँदैन । आज हामी केहि यस्ता तस्वीरहरुको बारेमा बताउँदैछौ जसलाई घर वा अफिस कतै पनि राख्नुहुदैन । यदि तपाईको घर वा अफिसमा यी ५ तस्वीरमध्ये कुनैपनि एक तस्वीर छ भने तुरुन्तै हटाईहाल्नुहोस् ।

Nepali typing

 १)बगीरहेको पानी वा झरनाको तस्वीर
बगीरहेको पानी वा झरनाको तस्वीर घरकाे दक्षिण, नैऋत्य र पश्चिम भागमा  कहिल्यै पनि नराख्नुहोस् । यसले घरमा आर्थीक नोक्सान पुर्याउँछ । बास्तु शास्त्रका अनुसार जसको घरमा बगीरहेको पानी वा भरनाको तस्वीर छ त्यस घरमा धन टिक्दैन ।
२) रोईरहेको बच्चाको तस्वीर
बच्चालाई सौभाग्यको प्रतीक मानिन्छ । यहि कारण धेरैले घर र कोठा बच्चाका तस्वीरहरुले सजाएको देखिन्छ । कतिपयको घरमा रोईरहेको बच्चाको तस्वीर पनि राखेको देखिन्छ । तर यस्तो तस्वीर घर वा अफिसका सजाउनु अशुभ हुन्छ । बच्चाको हाँसेको तस्वीर लगाउनु राम्रो हुन्छ तर रोएको तस्वीरले घर वा अफिसलाई कहिल्यै पनि नसजाउनु यसले तपाईको भाग्य दुर्भाग्यमा परिणत हुन्छ ।
३)डुब्दै गरेको जहाजको तस्वीर
डुब्दै गरेको जहाजको तस्वीर घरमा छ भने तपाईको सौभाग्य पनि डुब्ने क्रममा छ, भन्ने बुझ्नुस् । घरमा राखिएको यस्तो तस्वीरको सम्बन्ध सीधै तपाईको परिवारसँग हुन्छ । यसले नराम्रो प्रभाव पार्छ । त्यसकारण यस्तो तस्वीर बिर्सेर पनि घरमा नराख्नुहोस् ।
४)हिंस्रक जनावरको तस्वीर
आजभोली जनावरको पेन्टिङले घर तथा कोठा सजाउने चलन छ । आकर्षक देखीने यस्ता तस्वीरहरु हाम्रो लागी हानीकारक हुन सक्छन् । जंगली जनावर वा हिंस्रक जनावरका तस्वीर घरमा राख्नाले तपाईको स्वभाव रिसालु हुनसक्छ । जसले घरमा झै–झगडा बढ्छ ।
५)महाभारतको तस्वीर
महाभारतलाई हिन्दु धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मानिन्छ । यसलाई पुजनीय मानिन्छ । पुजनीय मानिएपनि यसलाई घरमा राख्नु अशुभ मानिन्छ । किनकी महाभारत पारिवारिक झै –झगडाको कहानी हो । यसमा हुने युद्धमा सहभागी कसैको पनि तस्वीर घरमा नराख्नुहोस् । जसका कारण घरमा झगडा भईरहन्छ ।

gargacharya.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks