तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समे हुने गर्दछ, यसले गर्दा मोबाइल प्रयोग कर्ताहरुलाई रिस पनि उठ्छ, तर के गर्नु यति महँगो मोबाइल कसरि ठेचारेरा फाल्नु। अनि मोबाइल पसलमा गैर देखाउनु हुन्छ, पसलेले केहि पैसा लिएर ठिक पारिदिन्छ । यदि तपाईपनि यस्तै समस्याले ग्रसित हुनुहुन्छ भने खुशी हुनुहोस । हामिले तपाईहरुको यस्तै समस्याहरुलाई हल गर्नको लागी टेक गुरु हरि गुरुङ लाई आग्रह गरेका थियौं । उहाले निम्न लिखित टिप्सहरु दिनुभएको छ । यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ ।
फोनको यस्तो प्रकारको समस्यालाई हटाउनको लागि सबै भन्दा पहिला फोनको सेटिंगमा जानुहोस, त्यसपछि सबै भन्दा तल रहेको About Phone लेखिएको अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि Build number लेखिएको अप्सनमा ६ देखि ७ पटक सम्म क्लिक गर्नुहोस ।
यसरि Build number लेखिएको अप्सनलाई ६ देखि ७ पटक सम्म क्लिक गर्नुभयो भने Developer Mode अन हुन्छ ।
अब ब्याक जानुहोस र अघिको About Phone लेखिएको अप्सन भन्दा माथि Developer Mode भन्ने नयाँ अप्सन आइसकेको हुन्छ । त्यस Developer Mode अप्सनमा क्लिक गर्नुहोस ।universalkhabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks