methi

मेथीका फाइदा

मेथी प्रत्येक नेपालीको भान्छाको अभिन्न मसलाको रुपमा रहेको छ । यसको प्रयोग नेपाली भान्छामा अत्याधिक किन पनि भएको छ भने हाम्रा पितापूर्खाहरुले मेथीको गुण थाहा पाएकै कारणले हामीलाई पनि यसको प्रयोग सिकाएका हुन् ।

Nepali typing

मेथीको प्रयोग केवल तरकारी पकाउन मात्र नभएर अन्य तरिकाले पनि प्रशस्तै गर्न सकिन्छ । यसको गुण असंख्य रहेको छ ।

  • उच्च रक्तचाप (हाई ब्लडप्रेसर) को समस्या भएका ब्यक्तिहरुले मेथीको नियमित सेवन गरेमा धेरैनै फाइदा हुन्छ ।
  • कुनै चोटपटकको कारण शरीरमा घउ भएमा मेथीलाई पिनेर लगाउदा चाडैनै घाउ निको हुन्छ ।
  • मधुमेह (सुगर) को समस्या भएका ब्यक्तिहरुले बेलुका एक चम्चा मेथीलाई पानीमा भिजाएर बिहान भिजेको मेथीको दाना सहित डुबाएको मेथीको पानी भएको रस पिउदा धेरै नै फाइदा गर्छ ।
  • हाड जोर्नी दुख्ने तथा बाथको समस्या भएका ब्यक्तिले अघिल्लो रात मेथीको दानालाई भिजाएर भोलिपल्ट बिहान चपाएर नियमति रुपमा खाने गरेमा यो समस्यावाट छुटकारा पाईन्छ ।
  • कब्जियतको समस्या हुने ब्यक्तिहरुले बेलुका मेथीको धुलोलाई तातोपानीसँग मिलाएर खाएमा पेट सफा हुनुका साथै कब्जियतको समस्या पनि हटेर जान्छ ।
  • मेथीलाई सौन्दर्यको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेथीको धुलो लाई दहीमा मिसाएर पेस्ट तयार गर्ने । उक्त पेष्टलाई अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।
  • मेथीको धुलोलाई पानी हालेर पेस्ट बनाउने । उक्त पेष्टलाई कपालमा लेप लगाएर केही समय राख्ने र चिसो पानीले धुने । यो कार्यलाई नियमित रुपमा गरेमा कपालको सौन्दर्य बढ्दै जान्छ ।
  • शरिरको कुनै भागमा पीडा भएको खण्डमा मेथीको दानालाई कपडामा बेरेर बाँध्दा पिडा कम हुदै जान्छ ।
  • महिलाहरुमा आङ खस्ने अर्थात् गर्भाशय सर्ने समस्या देखिन सक्छ । यस्तो किसिमको समस्या हुने महिलाले मेथीको लड्डु बनाएर खाँदा फाइदा हुन्छ ।

kendrabindu.com/post/31696

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks