एजेन्सी– फोर्ब्सले १३ दिवंगत सेलिब्रिटीहरुको सूची सार्वजनिक गरेको छ । जसले आफ्नो जीवनकालमा त प्रसिद्धि र पैसा कमाए नै, मृत्युपछि पनि कमाउन छाडेका छैनन् । फोर्ब्सको सूचीमा मृत्युपछि पनि कुन सेलिब्रिटीले कति कमाइरहेका छन् भन्ने उल्लेख गरिएको छ । १३ जनाको सूचीमा विश्वचर्चित दिवंगत व्यक्तिहरुको नाम छ । जसमा चर्चित पप गायक माइकल ज्याक्सन सबैभन्दा अगाडि छन्।
फोर्ब्सको यो सूचीमा वैज्ञानिक अल्बर्ट आइन्सटाइनको नाम समेत दसौं नम्बरमा परेको छ । उनको निधन ६२ वर्षअघि (सन् १९५५ अप्रिल १८ मा) भएको थियो । सूचीमा गायक बब मार्ले, जन लेनन, चार्ल्स सुल्ज जस्ता बडेबडे हस्तीहरु समेटिएका छन्।
मृत्युपछि माइकल ज्याक्सनको नाममा कति कमाइ ?
‘किङ अफ पप’ नामबाट ख्याति कमाएका गायक माइकल ज्याक्सनको ड्रग ओभरडोजको कारण उनको २००९ मा निधन भएको थियो । फोर्ब्सका अनुसार, उनी वार्षिक ७५ मिलियन अमेरिकी डलर कमाइरहेका छन् । म्युजिक कम्पनीमा आज पनि माइकलको हिस्सेदारी छ र उनको संगीतको रोयल्टी छुट्टै आउँछ । पछिल्लो वर्षसम्म बढी रकम कमाउने उनको कमाइमा अहिले गिरावट आएको छ।
चकित पार्ने आइन्सटाइनको नाम
दिवंगत सेलिब्रिटीको सूचीमा सबैभन्दा चकित पार्ने नाम वैज्ञानिक आइनस्टाइनको छ । ६२ वर्षअघि मृत्यु भएका उनी अहिले पनि वर्षको १० मिलियन डलर कमाउँछन् । जिज्ञासा हुन सक्छ, उनको आम्दानीको स्रोत के हो त ? विज्ञानको कैयौं सिद्धान्तको इजाजत उनको नाममा छ, जसबाट उनले नियमितरुपमा रोयल्टी पाउँछन्।
मृत्युपछि सर्वाधिक कमाउने १३ नाम र वार्षिक कमाइ:
१. माइकल ज्याक्सन (गायक/डान्सर) – सात करोड ५० लाख रुपैयाँ (७५ मिलियन डलर)
२. अर्नोल्ड पामर (गल्फर) – चार करोड रुपैयाँ (४० मिलियन)
३. चार्ल्स शुल्ज (कार्टुनिस्ट) – तीन करोड ८० लाख रुपैयाँ (३८ मिलियन)
४. एल्विस प्रिस्ले (गायक/अभिनेता) – तीन करोड ५० लाख रुपैयाँ (३५ मिलियन)
५. बब मार्ले (गायक) – दुई करोड ३० लाख रुपैयाँ (२३ मिलियन)
६. टम पेट्टी (गायक) – दुई करोड रुपैयाँ (२० मिलियन)
७. प्रिन्स (संगीतकार/अभिनेता) – एक करोड ८० लाख रुपैयाँ (१८ मिलियन)
८. डा स्यूज (लेखक) – एक करोड ६० लाख रुपैयाँ (१६ मिलियन)
९. जन लेनन (गायक/संगीतकार) – एक करोड २० लाख रुपैयाँ (१२ मिलियन)
१०. अल्बर्ट आइन्सटाइन (वैज्ञानिक) – एक करोड रुपैयाँ (१० मिलियन)
११. डेभिड बोवी (गायक/अभिनेता – ९५ लाख रुपैयाँ (९.५ मिलियन)
१२. एलिजावेथ टेलर (अभिनेत्री) – ८० लाख रुपैयाँ (८ मिलियन)
१३. बेट्टी पेज (मोडेल) – ७५ लाख रुपैयाँ (७.५ मिलियन)
nepallive
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks