मुटु रोगीले नियमीत खाऔँ बदाम ,बदामका १० फाईदा

बदाम ड्राई फ्रूट अन्तर्गत पर्छ । बदाम स्वास्थ्यका लागि निकै फलदायी हुन्छ । यसले तागत दिनुका साथै दिमागको विकास पनि गराउँछ । बदाम खाने मात्र हैन, यसको तेल पनि प्रयोग गर्न मिल्छ ।

बदामको तेल कपालमा लगाउनाले कपाल कालो, बाक्लो र मुलायम हुन्छ । आज हामी बदामको उपयोगिताको बारेमा चर्चा गर्छौं ।

१. बच्चाहरुलाई दूधमा थोरै बदाम मिसाएर पिउन दिएमा यसले हड्डी दह्रो बनाउँछ ।
२. कपालमा पनि हामी बदाम प्रयोग गर्न सक्छौं ।
३. बदाममा भिटामिन ई को मात्रा धेरै हुन्छ । त्यसैले यो आखाँ र आखाँको नसाको लागि उपयोगीे मानिन्छ ।
४. बदाममा प्रोटिनको मात्रा पनि धेरै हुन्छ । भोको पेट भएको बेला १० वटा बदाम खायो भने राम्रो हुन्छ ।
५.नसाको कमजोरी र समस्या भगाउन बदाम खान सकिन्छ ।
६. जाडोमा पनि बदाम खाए फाइदा हुन्छ । यसले रुघा खोकी र अरु रोगबाट बचाउन मद्दत गर्छ ।
१० देखि २० वटा बदाम हामी पोषक तत्वको कमी पूरा गर्न पनि खान सक्छौं ।
८. बदामले ब्ल्याडर पथरी भएको मानिसको लागी पनि फाईदा पुराउँछ ।
९. कोलेस्ट्रोलको बिरामीको लागि पनि बदाम राम्रो हुन्छ
१०.मुटु रोगीको लागि पनि बदाम फलदायी हुन्छ ।

Stock market ideas in Nepali language