मान्छेको नक्कल गर्ने रोबोट

जापानी अटोमोबाइल कम्पनी टोयोटाले बुधबार आफ्नो संचालकको चालचलन नक्कल गर्न सक्ने मानवयन्त्र प्रदर्शन गरेको छ जसले जेष्ठ नागरिकको सेवा तथा प्रकोपको समयमा प्रतिक्रिया दिनेजस्ता विभिन्न कार्य गर्न सक्छ । टि – एचआर३ नामक रोबोटलाइ शरीरमा जडान गरेर प्रयोगकर्ताले चाहिएको यथार्थ समयमा सामान्य रुपमा आफ्ना हातखुट्टा चलाएर संचालन गर्न सक्छन् । टोकियोमा बुधबारदेखि सुरु भएको अन्तराष्ट्रिय रोबोट प्रदर्शनीमा उक्त रोबोट मुख्य आकर्षणको रुपमा रहेको थियो । खासगरी कृतृम ज्ञानमा आधारित प्रविधिको तिब्र विकासको क्रममा विकास भएका दर्जनौ मानवीय नमुनाहरुमध्ये यो रोबोट सबैभन्दा नयाँ रहेको छ । यसलाई मुख्यतः घरमा बृद्धहरुको हेरचाह तथा दैनिक जीवनमा सहयोग पुर्याउने गरी प्रयोग गर्ने लक्ष्य रहेको टोयोटाको सहकर्मी रोबोट डिभिजनका प्रमुख आकिफुमी तामाओकीले एएफपीलाई बताएका छन् । प्राविधिक रुपमा उक्त रोबोट कार्यक्षेत्र , प्रकोप क्षेत्रहरु तथा वाह्य अन्तरिक्षमा पनि प्रयोग गर्न सकिने छ । Nepaljapansamaj 

Nepali typing
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks