ipo

माघमा महिला लघुवित्तको आइपीओ

महिला लघुवित्त वित्तीय संस्थाले माघ ३० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो। निष्काशन हुने कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता (०.५%) कर्मचारीका लागि, २० हजार कित्ता (५%) सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ।

लगानीकर्ताले माघ ३० देखि फागुन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोशेयरको वेबसाईट https://meroshare.cdsc.com.np बाट आवेदन दिन सक्नेछन्।