ipo

माघमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि माघ २३ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ५१ हजार ६५२ कित्ता करिब साढे ३२ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाड भईसकेको छ ।

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २३ गतेदेखि २७ गतेसम्म भर्न सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । ग्रीनलाइफले विभिन्न ठाउँमा जलविद्युत आयोजना निर्माण गरिहका छ। ग्रीनलाइनफको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ग्रीनलाइफ हाइड्रोपावरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

https://bokcapital.com.np/wp-content/uploads/2021/01/Green-Life-pdf.png

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोशेयरको वेबसाईट https://meroshare.cdsc.com.np बाट आवेदन दिन सक्नेछन्।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks