महिलाले बनाए नेपाली पेन्सिल

काठमाडौ । तीन वर्षसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिक-आर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमुलक तालिम जोडेर । तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन । अनि ठहर गरिन्, ‘लेखभन्दा प्रभावकारी माध्याम सीपमुलक तालिम नै हुन सक्छ ।’

Nepali typing

काठमाडौ, महाराजगञ्जकी बस्नेतले केही गर्न खोज्ने महिला जम्मा गरिन् र उनीहरुलाई आफ्नो आइडिया बताइन्, सीपमुलक काम मार्फत रोजगारीको अवसर सिर्जना गर्ने ।’ अन्य महिलाले पनि हातमा हात मिलाए । बस्नेतकै प्रयासमा १५ महिलाको समूह बन्यो । नाम जुर्यो, ‘विमन्स डि्रम मल्टी सर्भिस प्रालि’ । यो समूहकी अध्यक्ष उनै बस्नेत हुन्, नागरिक दैनिकमा खबर छ ।

‘महिलालाई सीप सिकाउन हामीले यो समूह बनाएका हौं,’ उनी भन्छिन्, ‘१५ जना महिलाको लगानीमा ब्यवसाय सुरु गरेका हौं । अनि छोटो समयमै उनीहरुले ब्यवसायमा सफलता पनि पाइरहेका छन् । उनीहरुको सफलता भनेको नेपालमै पेन्सिल उत्पादन गर्नु हो । अहिले उनीहरु पेपर पेन्सिल उत्पादन गरिरहेका छन् । नेपालमै पेन्सिल उत्पादन गर्ने आफूहरु नै पहिलो भएको बस्नेत दावी गर्छिन् ।

Home

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks