महिनावारी रोकिनु अघि नै गर्भवती भएको थाहा पाउने तरिका

जब कोही विवाहित महिला गर्भधारण गर्छिन् तब त्यो पल उनको लागि सबैभन्दा रोमाञ्चक पलमध्येको एक हुने गर्दछ । गर्भवती हुँदा तपाईंको शरिरले तपाईंलाई केही संकेत पनि दिने गर्दछ । जस्तै गर्भवती हुँदा तपाईंको स्तनमा थोरै पीडा हुुनु र तनाव हुने गर्दछ जसलाई एक प्रारम्भिक लक्षणको रुवमा मानिन्छ । आज हामी तपाईंलाई गर्भावस्थाको केही प्रारम्भिक लक्षणको बारेमा जानकारी दिँदैछौं ।
केही महिलाको भनाई अनुसार उनीहरु आफैंलाई गर्भवती भएको कुरा थाहा हुन्छ । । धेरै मानिसहरुले हेरेको भरमा पनि कोही महिला गर्भवती छिन् कि छैनन् भन्ने कुरा पनि बताउन सक्छन् । गर्भावस्थाको कारण शरिरमा हुने हर्मोनल परिवर्तनका कारण महिलाको स्वभाव रिसाइहाल्ने खालको हुन्छ भने उनी चाँडै नै थाक्ने पनि गर्छिन् । बान्ता र डर लाग्नु, बिहानको समयमा कमजोर महसुस हुनु, शरिरमा आलस्यता आउनुजस्ता लक्षण गर्भावस्थाको चौथोदेखि आठौं हप्तासम्म देखिने गर्दछ ।
गर्भावस्थाका प्रारम्भिक लक्षणः
स्तनमा पीडा
स्वभावमा परिवर्तन अथवा रिसाउने, थकान
महिनावारी बन्द हुनु, योनी श्रावमा परिवर्तन आउनु
बिहानको समय कमजोरी र आलस्यता
गर्भावस्थाका केही अन्य प्रारम्भिक लक्षणः
यदि तपाईंको स्तनमा भारीपन, पिठ्युँमा पिडा हुन्छ भने हुनसक्छ तपाईं गर्भवती हुनुभयो । थुप्रैपटक गर्भावस्थाको प्रारम्भिक दिनमा महिलाहरुलाई उनीहरुको महिनावारी बन्द नभएसम्म गर्भधारण गरेको कुरा थाहा हुँदैन । गर्भावस्थालाई पुष्टि गर्नका लागि तपाईं घरमा नै यसको परिक्षण गर्न सक्नुहुन्छ ।
गर्भवती भएको धेरै पटक तपाईंलाई सास फेर्न असहज हुन्छ । किनभने तपाईंको पेटमा बढिरहेको भ्रुणलाई अक्सिजनको आवश्यकता हुन्छ जो तपाईंबाट नै लिने गर्दछन् । यो समस्या लगभग गर्भावस्थाको पूरा समयसम्म हुनसक्छ विशेषगरि गर्भमा भएको शिशु बढिरहेको हुन्छ र तपाईंको फोक्सो र डायाफ्राममा दबाब पर्न सुरु हुन्छ ।
गर्भावस्थाको सुरुवाती लक्षण टाउको दुखाई पनि हो । गर्भावस्थामा हर्मोनमा परिवर्तनका कारण टाउको दुख्ने गर्दछ । यदि तपाईं आफ्नो गर्भावस्थाको विषयमा पक्का हुनुहुन्छ भने दुखाई कम गर्नका लागि ब्रुफेन खान सक्नुहुन्छ अथवा डाक्टरको सल्लाह लिन सक्नुहुन्छ ।
गर्भावस्थामा तपाईंको मूड र व्यवहार पनि परिवर्तन हुने गर्दछ । यो गर्भावस्थाको एक संकेत हो ।
डाक्टर भन्छन्, ‘महिलाहरु साधारणतया विभिन्न संकेतमार्फत जस्तै महिनावारी नहुनु, पटक–पटक पिसाब आउनु, बिहानको समयमा थकान महसुस हुनु, स्तनमा र छालामा अाएकाे परिवर्तनले आफू गर्भवती भएको अनुमान गर्छन् । यो गर्भावस्था पत्ता लगाउने निकै राम्रो संकेत हो । ’

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks