पहिलो प्रसंग । अभिमन्युकी पत्नी वत्सला बलरामकी छोरी थिइन् । बलराम वत्सलाको विवाह दुर्योधनका छोरा लक्ष्मणसँग गराउन चाहन्थे । तर वत्सला र अभिमन्यु एकअर्कासँग प्रेम गर्थे । अभिमन्युले वत्सला पाउनका लागि घटोत्कचको सहायता लिए । घटोत्कचले लक्ष्मणलाई बेस्सरी तर्साएपछि उनले कहिले पनि बिहे नगर्ने कसम खाए ।
दोस्रो प्रसंग ।
अर्जुनको छोरा इरावनले आफ्नो पिताको जीतका लागि आफ्नै बलि दिएका थिए । बलि चढ्नुअघि उसको अन्तिम इच्छा थियो बिहे गर्ने । तर छिट्टै मर्न लागेको मानिससँग कोही केटीले पनि बिहे गर्न चाहने कुरा भएन । भगवान् श्रीकृष्णले मोहिनी रूप धारण गरेर इरावनसँग बिहे मात्र गरेनन्, उनको मृत्युमा रुँदै बिदा पनि दिए ।
तेस्रो प्रसंग
सहदेवले पिता पाण्डुको मस्तिष्क खाएर बुद्धिमान् बनेपछि भविष्य देख्न सक्ने शक्ति पाएका थिए । दुर्योधन सहदेवकहाँ गएर युद्ध शुरू गर्ने शुभ मुहूर्तका बारेमा सोधे । सहदेवले दुर्योधन आफ्नो प्रमुख शत्रु भएपनि युद्ध शुरू गर्ने सही समय बताइदिए ।
चौथो प्रसंग
धृतराष्ट्रको युयुत्सु नामक छोरो पनि थियो । युयुत्सु वैश्य महिलाबाट जन्मेको छोरो थियो । धृतराष्ट्रले दासीसँग सम्बन्ध राखेर युयुत्सु जन्माएका थिए ।
पाँचौं प्रसंग
महाभारतको युद्धमा उडुपीका राजाले तटस्थ बस्ने निर्णय लिए । कौरव र पाण्डव दुवैतर्फबाट उनी नलड्ने भए । राजालाई श्रीकृष्णलाई दुवै तर्फका सेनालाई भोजन बनाएर खुवाउने जिम्मेवारी लिने बताए । उनको राम्रो प्रबन्धका कारण युद्धमा कहिल्यै खानेकुराको अभाव भएन । दुवैतर्फका सेनाले उडुपीका राजालाई यसका बारेमा सोध्दा उनले यसको श्रेय श्रीकृष्णलाई दिए । उनले भने, ‘कृष्णले भोजन गर्दा उनको आहारबाटै म भोलि कति मानिस मर्दैछन् थाहा पाउँथे र त्यही हिसाबमा खाना बनाउँथें ।’
lokaantar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks