महको फाईदा honey

महको फाईदा सेवन गर्न जाने अमृत नत्र बिष

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हो । सेवन गर्न जाने अमृत नत्र बिष समान हानी पुर्‍याउछ। यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ। महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्। महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन। महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ।

Nepali typing

महको फाईदा

  • एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
  • महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ । राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ ।
  • महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ ।
  • आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।
  • जाडोमा महले अनुहारमा ३० मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस् । महले छालाका लागि प्राकृतिक मोइस्चराइजरको काम गर्छ । यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ ।
  • महबाट सेरोटोनिन रसायन निस्कने भएकाले मूड राम्रो रहन्छ । शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ । अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खानुभयो भने राम्रो निद्रा लाग्छ ।
  • बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरु पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ ।
  • खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।
  • दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन । यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई सिध्याउँछ ।
  • आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।
  • सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी

  • माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
  • महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
  • चिया र कफीको साथ मह विष समान हुन्छ ।
  • महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
  • घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
  • चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
  • तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
  • निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
  • महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks