Testing High Blood Sugar

मधुमेह बिरामीका लागि पन्ध्र टिप्स

१) एक चम्चा मेथीलाई एकरात भर १०० मिलिलिटर पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा यस पानीलाई पिउनाले मधुमेह नियन्त्रणमा रहन्छ ।

२) हरेक बिहान खाली पेटमा गोलभेंडाको रसमा नून र मरिच मिलाएर पिउने ।

३) बिहान ६ दाना बदाम रातभर पानीमा भिजाइएको खानाले मधुमेह नियन्त्रणमा राख्न सकिन्छ ।

४) स्याउ, अनार, जौं, चना, आटाजस्ता अनय उच्च फाइबरयुक्त खाद्यपदार्थहरू भोजनमा समावेश गर्नुहोस् । यदि तपाईलाई पास्ता वा चाउचाउ खान मन लाग्छ भने यसमा हरियो तरकारी तथा अंकुरित गेडागुडी मिसाउन नबिर्सिनुहोस् ।

५) गाईको दूधमा कार्बाेहाइड्रेट तथा प्रोटिनको मात्रा राम्रो हुने गर्दछ र यसले रक्तचाप पनि नियन्त्रण गर्दछ । त्यसैल दैनिक दुई गिलास गाईको दूध जरुर पिउनुहोस् ।

६) उच्च फाइबरयुक्त तरकारी जस्तै गोलभेंडा, केराउ, सिमी, ब्रोकाउली, पालक तथा पत्तादार सब्जीहरू आफ्नो आहारमा सामेल गर्नुहोस् ।

७) दाल तपाईको आहारमा एकदमै जरुरी हुन्छ । किनभने यसले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रणमा राख्दछ । त्यस्तै रगतमा चिनीको मात्रा कम गर्न फाइबर एकदमै महत्वपूर्ण छ त्यसैले फाइबरयुक्त सागसब्जी खान नछुटाऔं । (

८) ओमेगा–३ र मानोस्याचुरेटजस्ता चिल्लोपदार्थको सेवन गर्नु जरुरी छ किनकि यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । यसका प्राकृतिक स्रोतको तेलहरू जस्तै सनबिज, माछा तथा बदामको तेल हुन् । यी तेलमा कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ र ट्रान्सफ्याट पनि कम हुन्छ जसले मधुमेहलाई टाढै राख्न मद्दत गर्दछ ।

९) मेवा, स्याउ, सुन्तला, नास्पति तथा अम्बा जस्ता फलको सेवन गर्नुपर्छ । यी फलहरूमा फाइबरको मात्रा प्रशस्त हुने गर्दछ जुन मधुमेहका बिरामीका लागि अति आवश्यक हुन्छ । त्यसैगरी ऑप, केरा तथा अंगुर जस्ता फलको सेवन एकदमै कम गर्नुपर्छ किनकि यिनीहरूमा चिनीको मात्रा बढी हुने गर्दछ ।

१०) एकपटकमा धेरै खाना खॉदा रक्तचापको मात्रा बढ्दै जान्छ । यसै कारण कम कम समयको अन्तरालमा थोरै थोरै खानु शरीरका लागि उपयुक्र हुन्छ । यसका लागि फलपूmल, हाइ फाइबर कुकिज, मख्खन, दुध, दही आदिको प्रयोग गर्न सकिन्छ ।

११) मधुमेहका रोगीले लो कार्बाेहाइडे«ट, हाइ फाइबर तथा जसमा प्रोटिन, भिटामिन तथा मिनरल्स जस्ता तत्व हुन्छन् त्यस्ता भोजन सेवन गर्नुपर्छ साथै बोसोयुक्त र मीठो गुलियो चिजहरूबाट टाढै रहनुपर्दछ ।

१२) मधुमेह बिरामीका लागि कृत्रिम स्वीट केक तथा मिठाईहरूमा प्रयोग गर्न सकिन्छ ।

१३) अधिक मात्रामा पानी पिउनु जरुरी हुन्छ ।

१४) रक्सीको सेवन एकदमै कम मात्रामा प्रयोग गर्नुपर्छ ।

१५) मांशाहारी आहारको रुपमा सीफुडहरू तथा चिकेन उपयुक्त हुन्छ । रातो मासुबाट भने एकदमै सतर्क हुनुपर्दछ किनभने रातो मासुमा स्याचुरेटेट फ्याटको मात्रा बढी हुने गर्दछ । यसको अलावा हाई कोलेस्ट्रोलका बिरामीहरूले अण्डाको पहेंलो भाग तथा रातो मासु परहेज गर्नुपर्छ ।weeklynepal