मचाकथि newar

मचाकथि

उपत्यकामा बस्नुहुने नेवार समुदायको कतिपयलाई त मचाकथिको वारेमा थाहा होला तर अन्यत्र बस्ने नेवार समुदायहरुलाई शायद थाहा नहुन पनि सक्छ । बच्चाहरुलाई घाममा सुताउँदा कुकुर, काग, चिलबाट जोगाउन तथा आँखामा घाम नपरोस भनेर तीनवटा निगालो वा बाँसको लट्ठीलाई एकातर्फ बाँधेर कपडा राखेर बनाइने यो तीनखुट्टेलाई मचाकथि भनिन्छ ।

पहिले पहिले नेवार समुदायमा बच्चाको न्वारानको लागी माइत पक्षले सुत्केरीको लागी कपडा, बच्चाको लागी कपडा, बच्चाको ओछ्यान लगायत अन्य सामग्री दिँदा यो मचाकथि पनि दिनुपर्दथ्यो । तर अचेल आधुनिक झोलुङ्गा तथा बच्चा सुताउने छाता नै पाइने हुँदा यसको चलन हराउँदै गएको छ । तैपनि भक्तपुर र पाटनको पुरानो वस्तीहरुमा यसको प्रयोग गरेको देख्न सकिन्छ ।

Source: Karan Shrestha (Facebook)

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks