भेटिए २० ग्रह, जहाँ सम्भव हुन सक्छ मानव जीवन

ब्रह्माण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरूले जीवन सम्भव हुन सक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरूमा जीवन सम्भव रहेको हुन सक्ने पाइएको हो ।

Nepali typing

अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरूमा एलियनहरू पनि रहेको हुन सक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरू पनि उत्साहित बन्न पुगेका छन् ।

अहिले पाइएको विवरणअनुसार केही ग्रहहरू यस्ता छन्, जसले पृथ्वीजस्तै ताराहरूको परिक्रमा गर्छन् । एक परिक्रमा पूरा गर्न केहीले धेरै समय लगाउने गरेका छन् । केही ग्रहले भने ३ सय ९५ दिनको समयमा पनि एक परिक्रमा पूरा गर्छन् ।

यो सूचीमा केही यस्ता ग्रहहरू पनि रहेका छन्, जसले आफ्नो परिक्रमा पूरा गर्न सबैभन्दा कम १८ दिनको समय लगाउने गर्छन् ।

नासाको के२ मिसनका जेफ कागलिनले सूचीमा समावेश भएका ३ सय ९५ दिन परिक्रमाका लागि लगाउने ग्रहहरूमा मानव जीवन रहेको हुन सक्ने बताएका छन् । यो मिशनमा पाइएको केओआई–७९२३.०१ ग्रह पृथ्वीको आकारको तुलनामा ९७ प्रतिशत आकार भएको छ । यो ग्रह भने पृथ्वीभन्दा केही चिसो छ । यो आफ्नो परिक्रमा गर्ने ताराभन्दा टाढा रहेको र यसले परिक्रमा गर्ने तारा पनि सूर्यभन्दा केही चिसो रहेको कारण यो ग्रह पनि चिसो हुन पुगेको हो ।

मानव जीवन रहेको हुन सक्ने सबैभन्दा धेरै आशा गरिएको यो ग्रह पृथ्वीको टुण्ड्रा क्षेत्रजस्तो हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यो ग्रहमा पानी पाउन सक्ने गर्मी पनि रहेको बताइएको छ । नासाको टोलीका अनुसार यो ग्रह ७० देखि ८० प्रतिशत ठोस ग्रह हो । ‘न्यू साइण्टिष्ट’ले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म स्पष्ट रूपमा वैज्ञानिकहरूले यो कुराको पुष्टि गरेका छैनन्, किनकि यो विषयमा अझै धेरै विवरण तथा निगरानी आवश्यक रहेको बताइएको छ ।(एजेन्सी)

arthikabhiyan

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks