alia bhatt

भारतीय नायिका आलिया भट्टका हट तस्बिर

भारतीय नायिका आलिया भट्ट २०१९ मा एसियकाकै से क्सी सेलेब्रेटीको सुचीमा अंग्रपक्तिमा देखिइन । योसँगै उनको निकै चर्चा चुलियो बुधबार लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको सर्वेक्षणमा आलिया भट्ट ‘से-क्सी’ महिला को अंग्रपक्तिमा देखिएकी हुन् । उक्त, म्यागजिनले भोटिङको आधारमा उत्कृष्ट छनौट गरेको थियो ।
उक्त सर्बेक्षणमा सबै भन्दा बढि मत आलियालाई आएको हो । अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर भोटिङ शुरु गरिएको थियो ।
पत्रिकाका अनुसार आलियाले अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ ।

यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण २०१९ मा भने दोस्रो स्थानमा छिन् । तर यसपटक दीपिका पादुकोणले दशककी सबैभन्दा से-क्सी महिलाको ताज आफ्नो पक्षमा पारेकी थिइन । एशियाको सबैभन्दा से-क्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी थिइन् ।


यस्तै, चौथो स्थानमा माहिरा खान छिन् । शीर्ष १० को सूचीमा सुरभि चन्दनाले पाँचौं, कट्रिना कैफले छैटौं, शिवांगी जोशीले सातौं, निया शर्माले ८ औं, मेहविश हयातले ९ औँ र प्रियंका चोपडाले १० औं स्थान हासिल गरेका थिए ।

source: tv.himalayadainik.com