god

भगवानलाई चढाएको फूल ओइलाएपछि कसरी फाल्ने ? महत्वपूर्ण जानकारी

भगवानका प्रतिमा र मूर्तिमा फूल चढाउने परम्परा छ । फूल चढाउँदा भक्तको मनोकामना पूरा हुने मान्यता छ । त्यही मान्यताका कारण मानिसहरू घरमा बनाएको मन्दिरमा पनि यो पुण्यकर्म गर्छन् । चढाएको फूल दुईतीन दिनमा ओइलाइजान्छ । ओइलाएको फूल नदी वा तलाउमा बगाउने गरिन्छ । तर त्यसो गर्नु हुँदैन । नदी वा जलाशयमा कुहिएको फूल हाल्दा फोहर हुन्छ ।

Nepali typing

भगवानलाई चढाएको फूल ओइलाएपछि मन्दिरबाट हटाएर आफ्नो निधारमा टाँस्नुपर्छ अनि घरको आँगनमा तुलसीको बिरुवा वा कुनै मन्दिर परिसरमा रहेको रुखको फेदमा राख्नुपर्छ । फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । कसैको पनि गोडाले नकुल्चोसे भनी होश गर्नुपर्छ ।

रुखमुनि ओइलाएको फूल राख्दा मलखादका काम गर्छ । त्यसबाट रुखबिरुवाले पोषक तत्त्व पाउँछ । भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुन्छन् र यिनलाई अपमान गर्नु हुँदैन । अपमान गर्दा पूजापाठको शुभ फल प्राप्त हुँदैन । भगवानलाई चढाएको प्रसाद पनि लामो समय राखिरहनु हुँदैन, भक्तहरूलाई बाँड्नुपर्छ । प्रसाद बाँकी रह्यो भने बिग्रनुअघि नै कुनै गाई वा कुकुरलाई खुवाउनुपर्छ ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks