बोटबिरुवाको हेरविचार

बोटबिरुवा हुर्काउनु उति गाह्रो काम होइन र त्यति सजिलो पनि छैन । सफलतापूर्वक बोटबिरुवा हुर्काउनका लागि बोटबिरुवा सँग सम्बन्धित सामान्य कुराहरुको जानकारी हुनु पर्दछ । बनस्पति जगतमा लाखौं किसिमका बोटबिरुवाहरु छन् र तिनका प्रकृति तथा विशेषताहरु एक अर्कासंग फरक फरक हुन्छन् । त्यस्तै पृथ्वीमा उपलब्ध हुने अन्य तत्वहरु जस्तै हावा, पानी, तापक्रम, माटो, आद्रता, मल आदि पनि ठाउँ तथा क्षत्र अनुसार फरक फरक किसिमले उपलब्ध हुन्छन् । यि उल्लेखीत पक्षहरुमा सामान्य जानकारी लिएर बोटबिरुवाहरु सफलतापूर्वक हुर्काउन सकिन्छ ।

Nepali typing

घरभित्र लगाइने र घरबाहिर अर्थात फूलबगैचा तथा आगनमा लगाइने बोटबिरुवाहरु हुर्काउने मोटामोटी तौरतरिका एकै भए पनि हेरविचारका केही पक्षहरुमा भने भिन्न्ता हुन्छ । तुलनात्मक रुपमा घर भित्रका बोटबिरुवा भन्दा घर बाहिरका बोटबिरुवा हुर्काउन सजिलो हुन्छ । बोटबिरुवाहरु प्राकृतिक बस्तु भएकाले प्रकृतिमा आउने जस्तोसुकै प्रतिकुलता तिनले सहन सक्छन् तर

Plants' Basic Needs

घरभित्रका बोटबिरुवाहरु नियन्त्रीत र कृत्रिम वातावरणमा हुर्कनु पर्ने हुँदा विभिन्न किसिमका समस्याहरु देखिन्छन् । घरवाहिरका बोटबिरुवाको हेरविचार उतिसारो गर्नु पर्दैन जति घर भित्रकानाई गर्नु पर्दछ । घरबाहिर रोपेका कुनै कुनै बोटबिरुवा बिना हेरबिचार तथा अत्यन्त कम हेरबिचारमा सफलतापुर्बक हुर्कन्छन । घरबाहिर तथा फुलबगैचामा लगाइएका बोटबिरुवाहरुलाई हुर्कन आवश्यक पर्ने आधारभूत तत्वहरु जस्तै- प्रकाश, प्रसस्त र मलिलो माटो, ताजा हावा, आद्रता, पानी आदि सोझै प्रकृतिबाट प्राप्त हुने हुनाले त्यति धेरै हेरविचार गरीरहनु पर्दैन तर गमलामा हुर्काइएका बोटबिरुवाहरुलाइ भने भुईंमा लगाइएकालाई भन्दा अलि विचार पुर् यायनु पर्दछ । गमलामा ठाउँ साँघुरो हुने हुनाले बोटबिरुवाले थोरै माटो, कम मल तथा पानी प्राप्त गर

Watering Container Plant Watering Ground Plant Bad Watering

्दछन् । तसर्थ गमलामा पानी मल र माटोको अवस्था विचार गरिरहनु पर्दछ । यसको मतलब फूलबारीमा रोपिएका बोटबिरुवा आफैं अर्थात बिना हेरविचार नै हुर्कन्छन् भन्ने होइन । फूलबारी तथा भुइँमा रोपिएका बोटबिरुवाहरुमा पनि पानी, मल, प्रकाश तथा छायाँ, शेप, घाम आदि पक्षहरुमा ध्यान दिनु पर्दछ । फूलबारीमा बढि जसो झारले दुःख दिने हुनाले समय समयमा झार गोड्ने र माटो खुकुल्याउने काम गर्नु पर्दछ । भुईका बोटबिरुवाहरुलाई त्यति छिटो-छिटो पानी हाल्नु पर्दैन अर्थात बोटबिरुवाका प्रकृति र मौसम, तापक्रम र आदृताको

Applying Fertilizer

अवस्था हेरी हप्ताको एक वा दुई पटक वा महिनाको एक वा दुई पटक हाल्दा पर्याप्त हुन्छ तर हालेको समयमा माटो राम्ररी गल्ने गरि पानी हाल्नु पर्दछ । जरा गहिरो गाड्ने बोटबिरुवाहरुलाई महिनाको एक वा दुई पटक हाल्दा हुन्छ भने जरा कम तथा अतिकम गाड्ने बोटबिरुवाहरु (प्राय साना खालका एकवर्षिय) जस्तै – प्यान्जी, पिटुनिया, वान्डरिङ ज, गजानिया, लिभिङ स्टोन डेजी आदिमा माटो र बोटबिरुवाहरुले देखाएका लक्षण हेरी आवश्यकता अनुसार पानी हाल्नु पर्दछ । त्यस्तै मलको प्रयोग पनि एकै पटक अलि धेरै हालेर (तर रासायनिक मल भने तोके अनुसारनै हाल्नु पर्छ) वर्षको एक वा दुइ पटक (वसन्त ऋतु र शरद ऋतुमा) हाल्दा

Purning/Cutting Purning/Cutting

पर्याप्त हुन्छ । फूलबारीमा छिमेकी बोटबिरुवाहरु छिटोछिटो बढेर एक अर्कोलाई साँघुरो तथा अप्ठ्यारो पार्ने, छायाँ तथा सेप पार्ने, हावा तथा घाम छेक्ने जस्ता समस्या बढि हुनेहुनाले अवस्था हेरी काट्ने तथा छाँट्ने काम गर्नु पर्दछ । यसका साथै फूलबारीमा रोपिएका बोटपबरुवाहरु खुल्ला ठाउँमा भएका कारण सन्तुलित आधारभूत आवश्यक्ताको उपलब्धता भई चाँढै हलक्क बढ्ने र चाँढै फूल्ने तथा फल्नॆ हुनाल तिनमा रोग तथा किराहरुको आक्रमणको सम्भावना पनि उत्तिकै बढि हुन्छ । सामान्य किसिमका रोग तथा किरा जस्तै- ढुशी (पात डाँठ कुहीने रोग) लाही, फगलेटेकिरा, शंखेकिरा, राता माकुरा आदि बाट बचाउन बोटबिरुवा तथा फूलबारीको सरसफाइका साथै कहिले काहीं साबुन पानी छर्कने, खरानी/ खरानी पानी छर्केने, लसुन-बेसार तथा-खुसा्रनी पानी

Damage by Insects Aphids/Lahi kira

छर्कने गर्नु पर्दछ । फूलबारीका ठाउँ-ठाउँमा सयपत्री, लसुन, तुलसी, पुदिना, अदुवा,असर्फी, बोजो जस्ता हर्बल जन्य बोटबिरुवाहरु लगाएर पनि यस्ता किरा तथा रोगहरु केही हदसम्म नियन्त्रण गर्न पकिन्छ । यि बोटबिरुवाहरुका वासना तथा गन्ध कडा हुने हुनाले किराहरु नजिक आउँदैनन् । यसैकारण यस्ता बोटबिरुवाहरुलाई फूलबगैंचाका डाक्टर पनि भन्ने गरिन्छ ।

phoolbari.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks