बैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनु पर्ने कुराहरु

काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सर्म्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ ।

Nepali typing

बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ ।

काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।

करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बीमा गराई श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।

सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।

कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।

कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम -खतरा) हुन्छ ।

आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुंदैन ।

खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ । यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।

सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नु पर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।

सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नु पर्दछ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks