लण्डन । बेलायतकी महारानी एलिजावेथ द्धितिया ९१ वर्ष पुगिसकिन् । उनी राजगद्धीमा बसेको ६ दशक भन्दा बढि भइसकेको छ ।
यस अवधिमा महारानी एलिजावेथले गरेका र उनीसंग जोडिएका धेरै कुरा निकै चाखलाग्दा छन् । आज हामीले उनीसंग सम्बन्धित विभिन्न १२ चाखलाग्दा तथ्यहरु यहां प्रस्तुत गरेका छौं ।
१ महारानी एलिजावेथको जन्म सन् १९२६ को अप्रिल २१ तारिख बिहान २ : ४० मा भएको हो ।
२ महारानी एलिजावेथको जन्म लण्डनको मेफेयरस्थित एक घरमा भएको थियो जहां अहिले एक केन्टोनिज रेष्टुरेन्ट सञ्चालित छ ।
३ महारानी एलिजावेथका २ वटा जन्मदिन छन् । उनको वास्तविक जन्मदिन २१ अप्रिल हो । तर आधिकारिक रुपमा उनको जन्मदिन जुनको कुनै एक शनिबार मनाउने गरिन्छ ।
४ महारानी एलिजावेथको उचाई ५ फिट ४ इञ्च छ ।
५ महारानी एलिजावेथले सन् १९५३ को जुन २ तारिखमा राज्यारोहण गरेकी हुन् । बेलायतमा सबैभन्दा लामो समय राजगद्धीमा बस्ने इतिहास उनले बनाएकी छिन् ।
६ महारानीका रुपमा एलिजावेथले बेलायतमा १३ जना प्रधानमन्त्री सत्तामा आएको देखिसकेकी छिन् ।
७ कमनवेल्थका ५३ सदस्य राष्ट्रमध्ये १६ मा एलिजावेथलाई महारानी मानिन्छ ।
८ महारानी एलिजावेथले १ सय १८ देशको भ्रमण गरिसकेकी छन् । जुन विश्वका कुल देशहरुमध्येको दुई तिहाई हो । मध्यपूर्व र चीनको भ्रमण गर्ने उनी बेलायतको पहिलो महारानी हुन् ।
९ महारानीलाई यात्राका लागि पासपोर्टको आवश्यकता पर्दैन । सबै ब्रिटिश पासपोर्ट उनकै नाममा जारी भएका हुन्छन् ।
१० बेलायतमा ड्राइभिङ लाइसेन्स बिना गाडी चलाउने छुट महारानी एलिजावेथलाई मात्र छ ।
११ महारानी एलिजावेथ र प्रिन्स फिलिपबीच झण्डै ७० वर्षअघि विवाह भएको थियो ।
१२ महारानी एलिजावेथका धेरै रुचीहरु छन् । जसमध्ये मुख्य घोडा दौड र फुटबल हुन् । उनी आर्सनल क्लबकी समर्थक हुन् ।
nepalipatra
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks