गौतम बुद्ध माहात्मा बुद्धको नामले विश्वभर चर्चित छ।उसले नै बुघ धर्मको स्थाना गरेका थिए। इसापूर्व ५६३ मा नेपालको तराईस्थित कपिलवस्तु जिल्लाको लुम्बीनी वनमा जन्म भएको थियो।
बुद्धको वास्तविक नाम सिदार्थ हो।बुद्ध धर्म एसियालगात विश्वभर प्रख्यात रहेको छ। योसँग जोडिएका केही रोचक प्रसँगहरु यस्तो छ।
१. गौतम बुद्धको आमाको नाम माहामाया तथा बुवाको नाम शुद्धोदन हो।आमाको मृत्युपछि उनको पालन पोषण सानी आमाले गरेको थिइन्। जसको नाम हो गौतमी।
२. बुद्धले २९ वर्षको उमेरमा ज्ञान प्रप्त गर्नको लागि आफ्नो घर छाडेका थिए।
३. सिदार्थ अर्थात गौतम बुद्धले ३५ वर्षको उमेरमा पीपलको रुखमुनि ४९ औ दिनमा ज्ञान प्राप्त गरेका थिए। यसपछि उनी सिदार्थबाट बुद्धको नामबाट चिनिन थाले।
४. माहात्मा बुद्धले ज्ञान प्राप्तिपछि वारणसीसँग सारनाथमा पहिलो पटक पाँच पण्डित, साधुलाई उपदेश दिएका थिए।
५. चार आर्य सत्य, दुःख, दुःखी समुदाय, दुःख निरोध तथा दु:ख निवारक मार्ग अर्थात अष्टांगिक मार्ग बौद्ध धर्मको मूलधार हो।
६. बुद्ध धर्मको स्थापना गरिसकेपछि बुद्धले तपस्स तथा कल्लक नामका दुई शुद्रलाई बुद्ध धर्ममा सर्वप्रथम अनुयायी बनाएका थिए।
७. बुद्धका प्रधान शिष्यको नाम उपालि तथा आनन्द हो।
८. बुद्धले भगवानको साटो मानवलाई सेवा गर्नुमा धेरै जोड दिन्थे।
९. बुद्ध धर्म सधैं नै वर्ण व्यवस्था र जाति प्रथाको विरुद्धमा रहेको छ। यहाँ कुनै भेदभाव, छुवाछुत छैन।
१०. बुद्ध धर्मका अनुयायी महिनाको ४ दिन अमावस्या, पूर्णिमा तथा दुई दिन चतुर्थी दिवसको उपवास राख्ने गर्दछन्।
११. बुद्ध धर्मका सबैभन्दा पवित्र तथा मुख्य चाड वैशाख पूर्णिमा हो। जुन बुघ पूर्णिमाको नामबाट विश्वभर प्रसिद्ध छ ।
१२. हीनयान र महायानलाई बुद्ध धर्मका सबैभन्दा प्रमुख सम्प्रदाय मानिएको छ।
१३. हीनयान सम्प्रदायका अनुयायीहरु धेरै श्रीलंका, म्यानमार तथा जावा देशमा रहेका छन्।
१४. यस्तै महायान सम्प्रदायका अनुयायीहरु धेरै तिब्बत, चीन कोरिया मंगोलिया तथा जापानमा रहेका छन्।
१५. गौतम बुद्धको मृत्यु ८० वर्षको उमेरमा अहिलेको उत्तर प्रदेशको कुशीनगर (देवरिया जिल्ला)मा भएको थियो।annapurnapost
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks