walking

बिहान कसरी दौडने ?

बिहान–बिहान दौडनु भनेको अरू विभिन्न प्रकारका व्यायाम गरेबराबर हो । कतिपय अवस्थामा दौडनु वा छिटो–छिटो हिँड्नु नै सर्वोत्तम हुन्छ । खासगरी दीर्घरोगीहरू, जसले कडा व्यायाम गर्न हुँदैन, उनीहरू दौडनुपर्छ । तर, दौडने पनि तरिका हुन्छ । कसरी दौडँदा बढी लाभदायक हुन्छ त ? ध्यान दिनुस् यी कुरा :
बिहान उठेर मनतातो पानी पिउने । शौच क्रिया सकेपछि मात्र दौडनका लागि तयार हुनुपर्छ । दौडनका लागि एकदमै सजिलो जुत्ता लगाउनुपर्छ । पहिरन हल्का र खुला हुनुपर्छ ।

दौडनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, हातखुट्टा चलाउने बानी गर्नुपर्छ । दौडन सुरु गर्नेबित्तिकै आफ्नो स्पिड बढाउनु हुँदैन । दौडन सुरु गरेको ५–७ मिनेटपछि मात्र दौडको गति बढाउन सकिन्छ । अरूको देखासिकीमा छिटो दौडने गर्नु हुँदैन ।

दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गर्नुपर्छ । यो क्रम केही समय दोहो¥याउन सकिन्छ । दौडने क्रममा आफ्नो श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्नुपर्छ ।

दौडनु सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नुहाउनुपर्छ । नुहाइसकेपछि केही प्रोटिनयुक्त खानेकुरा सेवन गनुपर्छ ।

दौडने क्रममा आफ्नो पैतालाको चाल सुन्नुहोस् । यदि त्यो आवाज सुनिन्छ भने तपाईं जोडले दौडनुभएको बुझिन्छ । दौडँदा दिमागलाई एकाग्र बनाउनुपर्छ ।

enayapatrika

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks