bill-gates

बिल गेट्सको बारेमा रोचक तथ्य

माइक्रोसफ्ट कम्पनीका मालिक संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्ससँग धेरैजना परिचित छन् । गेट्सको जीवनका केही रोचक तथ्य –

Nepali typing

– बिल गेट्सको पूरा नाम हो विलियम हेनरी गेट्स तृतीय । (William Henry Gates III)

– बिल गेट्सले प्रोग्रामिंग १३ बर्षको उमेरमा शुरु गरेका थिए ।

– बिल गेट्सको कम्प्यूटर सफ्टवेयर प्रोग्रामिंग देखि यति मोह थियो कि अध्ययन छोडेर यसमा नै लागि रहे जसको कारण ११ मा फेल भएका थिए ।

– बिल गेट्स सडकबाट उठेर एकाएक विश्वका सबैभन्दा धनी व्यक्ति बनेका होइनन् । उनी धनी परिवारकै सन्तान हुन् । उनका बुवा चर्चित वकिल थिए । उनका हजुरबुवाले बैंक चलाए । बिल गेट्स बच्चै छँदा उनका हजुरबुवाले बिल गेट्सको नाममा दशौँ लाख डलरको कोष स्थापना गरिदिएका थिए ।

– बिल गेट्सको एउटा अनौठो बानी छ, जुन धेरै धनाढ्य तथा ठूलाबडाको रोजाइमा नपर्न सक्छ । बिल गेट्स आफुले खाना खाएका थाल तथा अन्य भाँडाहरु आफै माझ्न मन पराउँछन् र हरेक बेलुकी खाना खाएपछि सकेसम्म भाँडाकुँडा आफै माझ्ने गर्छन् ।

– बिल गेट्सलाई अंग्रेजीको वाहेक कुनै भाषा अरु भाषा आउँदैन । उनलाई जीवनमा सबैभन्दा ठूलो अफसोस यही छ।

– यदि बिल गेट्स ६.५ करोड रुपैया दैनिक खर्च गरे पनि आफ्नो पुरा सम्पत्ति खर्च गर्नमा २१८ बर्ष लग्ने छ |

– बिल गेट्सको निजि हवाइ जहाज निकै ठूलो छ र यसको उडान खर्च तथा मर्मत सम्भारमा ठूलै खर्च लाग्छ । त्यसैले बिल गेट्सले आफ्नो निजि जहाजलाई आफ्नो पश्चातापयुक्त मज्जा तथा आफ्नो पैसा उडाउने माध्यम भएको बताउँछन् ।

– सुप्रसिद्ध वैज्ञानिक लियोनार्दो दा भिन्चीले लेखेको पुस्तक कोडेक्स लिसेस्टर बिलले किनेका छन् । सन् १९९४ मा भएको एक लिलामीमा उनले यो पुस्तक ३८ करोड डलरमा किनेका थिए ।

– बिल वर्षैपिच्छे ५० किताब पढ्छन् र नयाँ चीजका बारेमा जानकारी पाउँछन् ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks