आमाबुवा नै बच्चाहरूको पहिलो शिक्षक हुन् । बच्चाहरूले सबभन्दा धेरै समय आफ्नै आमाबुवासँग बिताउँछन् र बाल्यकालमा बच्चाले सिक्ने भनेकै आमाबुवाबाट हो ।
त्यसैले प्रत्येक आमाबुवाले बच्चाहरूलाई राम्रो संस्कार दिनुपर्छ । बच्चाले केही गल्ती गरेमा मानिसहरूले आमाबुवाले संस्कार नसिकाएर नै त बिग्रेको हो भनिदिन्छन् ।
कुनै कुनै बच्चा चाहिँ असाध्यै जिद्दी हुन्छन् । अनि उमेर बढ्दै जाँदा उनीहरूको स्वभाव पनि बदलिन्छ । तपाईंको बच्चा पनि जिद्दी छ वा उसको स्वभावमा केही परिवर्तन देखिरहनुभएको छ भने यहाँ बताइएका टिप्स अपनाएर सुधार्नुस् ।
राम्रो व्यवहार देखाउनुस्
बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल मनमा के गढ्छ भने आफूले जे गरे पनि पिटाइ खाइहालिन्छ र ऊ जिद्दी हुँदै जान्छ । त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाउनुस् ।
बच्चाको साथी बन्नुस्
बच्चालाई के मन पर्छ के मन पर्दैन त्यसको पूर्ण विचार गर्नुस् । समय निकालेर उससँग खेल्नुस् र खेलखेलमै उसलाई ज्ञानका कुरा सिकाउनुस् । यसले गर्दा बच्चा तपाईंको निकट हुन्छ र उसले जिद्दी ग–यो भने पनि तपाईंले उसलाई सजिलै सम्झाउन सक्नुहुन्छ ।
सही शारीरिक भाषा
कहिलेकाहीँ स्कूलमा वा घरमा मानिसहरू सानो सानो कुरामा बच्चालाई पिटिरहन्छन् । यसो गर्दा बच्चा इरिटेट हुन्छ । त्यसैले बच्चाँग सही बडी ल्याङ्ग्वेज वा शारीरिक भाषा अपनाउनुपर्छ । नभए बच्चाले खराब बानी सिकेर तपाईंको नक्कल गर्न थाल्छ ।
रोलमोडल बन्नुस्
बच्चालाई दिनदिनै केही न केही नयाँ कुरा सिकाउनुस् । तपाईं असाध्यै व्यस्त हुनुहुन्छ भने पनि सप्ताहान्तमा बच्चाका लागि समय अवश्य निकाल्नुस् । बच्चालाई एक्लोपनको अनुभव हुन नदिनुस् । तपाईंलाई उसलाई ध्यान दिनुभयो भने उसले तपाईंसँग नजिकिन मन पराउँछ ।
बच्चालाई सरप्राइज दिनुस्
आमाबुवाले समय छुट्ट्याउन नसक्दा बच्चाहरूले आफूलाई उपेक्षित ठान्छन् । त्यसले गर्दा उनीहरूको व्यवहारमा परिवर्तन आउन थाल्छ । त्यसैले विद्यालयमा बच्चाहरूले राम्रो प्रदर्शन गरे भने समयसमयमा उसले चाहेको जस्तो वस्तु ल्याएर दिनुस् । उसको हरेक क्रियाकलापमा तपाईंको नजर छ भन्ने अनुभव गराउनुस् । मौका आउनेबित्तिकै प्रशंसा गर्न नभुल्नुस् ।
प्रेमपूर्वक सम्झाउनुस्
बच्चाले गलत क्रियाकलाप ग–यो वा कुनै कुराका लागि जिद्दी ग–यो भने आँखा तर्नुभन्दा प्रेमपूर्वक सम्झाउनु ठीक हुन्छ । बच्चालाई उसकै अगाडि अर्को बच्चासँग तुलना नगर्नुस् । ऊ तपाईंका लागि विशेष हो भनी सम्झाउनुस् । यसो गर्दा बच्चा तपाईंनिकट हुन्छ र उसको खराब व्यवहार पनि सुध्रिन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks