bollywood

बलिउड सुपरस्टारका छोरीहरु कति सुन्दर छन् हेर्नुहोस् फोटो फिचरमा

एजेन्सी । बलिउडलाई कतिपयले जहानीय फिल्म उद्योग समेत भन्छन् । किन भने बलिउडमा बाबु आमा सेलिब्रेटी बने भने छोरा छोरी पनि सेलिब्रेटी बनेको देखिन्छ । यस्तो पुस्ता धेरै छ बलिउडमा । यस्तै चर्चामा छन् ५ बलिउड सुपरस्टारका सुन्दरी छोरीहरु । उनीहरु अहिले किशोरी नै भएपनि भविष्यमा भने हंगामा गर्ने अनुमान गरिएको छ ।

यी हुन् बलिउडमा हंगामा गर्ने ठानिएका सुपरस्टारका छोरीहरुः
१ आलिया एब्राहिम (पुजा वेदीकी छोरी)
चर्चित अभिनेत्री पुजा बेदीकी छोरी आलिया एब्राहिमलाई बलिउडकी संभावित स्टारको रुपमा धेरै चर्चा गरिएको छ । हालै मात्र यी युवतीका तस्विर अनलाइनमा भाइरल बनेका थिए । बलिउडका पण्डितहरुले आलिया छिट्टै बलिउड स्टार बन्ने अनुमान गरेका छन् ।

२ नाभ्या नभेली (अमिताभ बच्चनकी नातिनी)
बलिउडमा बीग बी भनिने अमिताभ बच्चनकी नातिनी नाभेली पनि बलिउड स्टारको सम्भावना भएकी सुन्दरीकोरुपमा चर्चामा छिन् । बलिउडको सबैभन्दा चर्चित परिवारकी नातिनी भएरपनि होला उनको बलिउड सम्भाव्यतालाई बलियो मानिएको छ ।
३ खुशी र जानभी (श्रीदेवीका छोरीहरु)
बलिउड क्वीनकोरुपमा कुनै बेला राज गरेकी श्रीदेवीका छोरीहरुको पनि चर्चा बलिउडमा चलिरहन्छ । श्रीदेवी आफ्नो जेठी छोरीलाई बलिउडमा प्रवेश गराउने मनस्थितिमा छिन् । केही समय अघि आमा छोरीका विकिनी तस्विर चर्चित बनेका थिए ।

४ त्रिशाला (सञ्जय दत्तकी छोरी)
बलिउड सुपरस्टार सञ्जय दत्तकी छोरी त्रिशालाको चर्चा पनि संभावित बलिउड स्टारकोरुपमा हुँदै आएको छ । सञ्जय र उनकी छोरीको त्यति राम्रो सम्बन्ध नभएपनि बलिउडमा उनको सम्भावना बलियो मानिएको छ ।
५ कृष्णा (ज्याकी श्राफकी छोरी)
ज्याकी श्राफकी छोरी कृष्णालाई पनि बलिउडमा सम्भावित स्टारकोरुपमा हेरिएको छ । अहिले सम्म बलिउडमा पाइला नटेकेपनि उनको भाविष्य राम्रो रहेको टिप्पणी बलिउड पण्डितहरुले गर्ने गरेका छन् । ज्याकीका छोरा भने बलिउडमा प्रवेश भैसकेका छन् ।