vegetable

बन्दागोभी खानुस् फाइदै फाइदा लिनुस्

काठमाडौ । बन्दागोभी तपाई हाम्रो घर वरिपरि सजिलै पाइन्छ । तपाईलाई थाहा नहुन सक्छ यसका फाइदाका बारेमा । हरियो तरकारीमा बन्दागोभी खानु धेरै नै फाइदादायक मानिन्छ ।बन्दागोभीमा पाइने केही सूक्ष्म तत्वले शरीरबाट विषालु पदार्थहरू बाहिर निकालेर शरीरको सयन्त्र नियमित गर्न राम्रो भूमिका निर्वाह गर्दछ ।

–ताजा बन्दागोभीमा नून, मरिच र कागतीको रस मिलाएर विहान खाली पेट खानाले २ देखि ४ हप्ताभित्र कब्जियतको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

–ताजा बन्दागोभीको रसमा भिटामिन यू नामक एक दुर्लभ भिटामिन पाउन सकिन्छ । जुन अल्सर प्रतिरोधीमा एकदमै असरदार हुन्छ ।

–बन्दागोभीको रस पिउनाले पेप्टिक अल्सर अथवा पेटभित्र हुने घाउहरू पनि निको हुन्छ ।

–नियमित रुपमा बिहानबेलुका एकएक कप ताजा बन्दागोभीको रस पिउनाले अल्सरलगायत अन्य रोगहरूबाट मुक्ति पाउन सकिन्छ ।weeklynepal

Stock market ideas in Nepali language