आजभोलि बच्चाका लागि पनि छुट्टै कोठा बनाउने गरिन्छ । तर, उनीहरूका लागि कोठाको व्यवथा गरेर मात्र हुँदैन । धेरै समयसम्म उनीहरू एक्लै आफ्नो कोठामा बस्ने हुँदा कोठा सुरक्षित हुनु पनि आवश्यक छ । सुरक्षित कोठाको व्यवस्थापछि मात्र तपाईं ढुक्कसँग आफ्ना बच्चा छोड्न सक्नुहुन्छ । सुरक्षित कोठामा बच्चाले स्वतन्त्र रूपमा बस्न वा खेल्न सहज वातावरण पाउँछ । बच्चाको कोठा सजाउँदा निम्न विषयमा ध्यान पुर्याउनुपर्छ :
- सुत्ने खाटअगाडि कुनै पनि ठूला पेण्टिङ अथवा गह्रौं सामान राख्नु हुँदैन । किनकि, यो उनीहरूका लागि जोखीमपूर्ण हुन्छ ।
- बच्चाले बिजुली बत्तीको स्विच रमाइलोका लागि चलाउने भएकाले त्यस्ता स्विच उनीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ । स्विच बच्चाले नभेट्ने गरी माथि अथवा तल भए त्यसलाई ढाकेर राख्नुपर्छ ।
- कोठामा प्रयोग हुने ल्याम्प र अन्य बिजुलीको सामान करेण्ट नलाग्ने बनाउनुपर्छ । सकेसम्म तारको लाइन भित्ताको भित्रबाट लगाइदिनुपर्छ ।
- बच्चाको कोठाको झ्यालमा जाली अथवा ग्रील राखिदिनुपर्छ । यसबाट बच्चा बाहिर निस्कन सक्दैनन् र सुरक्षित रहन्छन् ।
- चक्कु, छुरी, कैंची, सुईजस्ता काट्ने/घोच्ने सामान वा सलाई बच्चाको कोठामा राख्नुहुँदैन ।
- बच्चाको कोठामा स्मोक अलार्म राखेमा उनीहरूले गलत कार्य गरेको थाहा पाउन सकिन्छ ।
- बच्चालाई आवश्यक पर्ने किताब, कापी र लुगा उसले भेट्ने ठाउँमा राखिदिनुपर्छ । त्यस्ता सामग्री अग्लो वा भेट्न नसक्ने ठाउँमा राख्दा दुर्घटना हुन सक्छ ।
- फर्निचरहरू बलियो हुनुपर्छ । खाट, दराज वा टेबलमा प्रयोग भएका सबै समान बेलाबेला जाँच गरी बच्चालाई सुरक्षितसँग बस्ने व्यवस्था मिलाइदिनुपर्छ ।
- कोठामा शिशाको भन्दा काठ तथा प्लाष्टिकका सामान बढी सुरक्षित हुन्छन् । बच्चाको कोठा सकेसम्म साधारण बनाउँदा उपयुक्त र सुरक्षित हुन्छ ।
- बच्चाहरूको भुँइमा खसेको जे पनि टिपेर खाने, मुखमा हाल्ने बानी हुने भएकाले कोठाको नियमित सफाइ आवश्यक छ । त्यसैले, भुँइ सधैं सफा राखेर पनि तपाईं आफ्नो बच्चालाई सुरक्षित राख्न सक्नुहुन्छ ।
abhiyan
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks