फ्रान्समा रोबोट ( यन्त्र मानब ) द्वारा कर्मचारी छनौट

फ्रान्समा कर्मचारी  तथा कामदार छनौट्का लागी रोबोट ( Robot ) को प्रयोग गर्न थालिएको छ | सुन्दै अचम्म लाग्ने यो बिधिलाइ  रोजगारदाता र बेरोजगार बर्ग दुबैले सहज रुपमा लिएका छन | यो बिधि प्रयोग गर्नुमा रोजगारदाता कम्पनि तथा श्रम बजारका मध्यस्थकर्ता कम्पनिका  दुइ मुख्य उद्देस्यहरु  छ्न : समयको बचत गर्नु र जतिसक्यो धेरै युवा  ( कम्पुटर र सुचना प्रबिधिको राम्रो ज्ञान भएका ) कर्मचारी तथा कामदारहरु छनौट गर्नु |

फ्रान्समा रोबोटबाट कामदार छनौट गर्दा प्रयोग गरिने माध्यमलाइ साबो ( chat-bot ) भनिन्छ | यस्को अर्थ हुन्छ : रोबोटसँग अनलाइन कुराकानी | जब  कामदार खोजिरहेको कम्पनीमा हाम्रो  बायोडाटा ( CV ) पुग्छ, जम्मा भएका बायोडाटा ( CV ) मध्ये राम्रा बायोडाटा भएका केहि उम्मेद्वारहरुलाइ रोबोटले फेसबुक म्यासेन्जर मार्फत सम्पर्क गर्छ | उम्मेद्वारको शैक्षिक, ब्यवसायिक, परिवारिक स्थितिको जानाकारी लिनुको साथै उस्को काम गर्न् सक्ने  क्षमता र चाहनाको तह निर्धारण गर्न आवस्यक प्रश्नहरु रोबोटले सोध्ने गर्छ| यि सबै कुरामा ठिकै लागेमा रोबोटले आवस्यकता अनुसार अनलाइनबाट नै जाच लिन्छ| यो जाचबाट  ऊत्तिर्ण उम्मेद्वारलाइ अन्तिम अन्तर्वार्ताको लागी कम्पनिमा कामदार छनौटको जिम्मा पाएको ब्याक्ति ( Directeur des ressources humaines ) सँग पठाइन्छ | यस प्रकार फ्रान्समा रोबोटले कामदार छनौटमा एउटा महत्वपुर्ण भूमिका खेलिरहेको देखिन्छ | Marco Vasco, Vinci   आदि जस्ता  कम्पनिहरु, Adecco जस्ता श्रम बजारका मध्यस्थकर्ता कम्पनिहरु ( जस्ले  दैनिक  बीस हजार कामदारहरुका लागी बिज्ञापन गरिरहन्छ ) का रोबोटहरु कामदार छनौटमा दैनिक सक्रिय छन |

श्रम बजारमा काम खोजिरहेका ब्याक्तिहरु पनि दुइ कारणहरूले कामदार छनौटको यो नया बिधिलाइ स्वागत गरिरहेका छन : अ) ब्याक्तिको अगाडी भन्दा रोबोट सँग अन्तरवार्ता दिन सहज  हुन्छ। आ) पहिलो चरणमा कुनै जाती, लिङ्ग , छालाको रङ्ग, शारिरिक बनावट, उमेर, जन्मेको देश आदिको आधारमा पक्षपात हुने सम्भावना सुन्य हुन्छ।

सन 2000 देखि नै रोबोटद्वारा बायोडाटाहरु छनौट गर्न थालिएकोमा हाल 95 प्रतिसत ठुला इन्टरप्राइज र 50 प्रतिसत मध्यम खालका इन्टरप्राइजहरुले बायोडाटा छनौटमा रोबोटहरुको प्रयोग गर्दछन | माथी भनिए जस्तै अनलाइनबाट पहिलो चरणको छनौट रोबोटले गर्ने काम धेरै भन्दा धेरै इन्टरप्राइजहरुमा लागु गरिएको छ | केहि इन्टरप्राइजहरुले कामदार छनौतको सम्पुर्ण काम रोबोटलाइ सुम्पने गरि रोबोटहरु तयार गर्ने र परिक्षण गर्ने काम भइरहेको छ | यसो गर्दा रोबोट्को अगाडी बसेरै अन्तरवार्ता दिनु पर्ने हुन्छ | रोबोट्ले आवस्यक प्रश्नहरु सोध्नुको साथै उम्मेद्वारको हाउभाउको आधारमा उस्को ब्याक्तित्व परिक्षण गर्न आवस्यक तथ्यहरु सन्कलन गर्छ र त्यस्को बिश्लेषण गर्छ | यो बिधिमा छनौटको सम्पुर्ण काम रोबोट्ले गर्छ | तर यसको ब्यवशायिक प्रयोगका लागी भने इन्टरप्राइज हरु अझै तयार छैनन | तर  रोबोट्ले नै कामदार छनौट को सम्पुर्ण जिम्मा लिने दिन आउन धेरै टाढा छैन anubaad.com